७ वैशाख २०८१ शुक्रबार
समाज

पानीमा डुबेर दुई दिनमा चारको मृत्यु

सप्तरीमा मंगलबार र बुधबार पानीमा डुबेर चार जनाको मृत्यु भएको छ । मंगलबार तीन र बुद्यबार एक जनाको पानीमा डुबेर मृत्यु भएको हो।

बुधबार दिउँसो महदेवा गाउँपालिका–२ अकवरपुरका रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानीको घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको डीएसपी माधव प्रसाद काफ्लेले बताए। पोखरीमा नुहाउने क्रममा शिवानी डुबेपछि आफन्तले शव निकालेका थिए।

मंगलबार सप्तरीको अलग स्थानको पोखरीमा डुबेर ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालिका र एक महिला छन्। मंगलबार साझ सवा ५ बजेको समयमा खडग नगरपालिका ८ मुसहरनियामा रहेको पोखरीमा स्थानीय राजेशकुमार चौधरीकी ३ वर्षीया छोरी एलिजाकुमारी चौधरी डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घरभन्दा ५ मिटर पश्चिम रहेको पोखरीमा बालिका डुबिरहेको अवस्थामा परिवारका सदस्यले देखेपछि निकालेर उपचारका लागि लहान लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो।

महदेवा गाउँपालिका –४ परसाही टोलस्थित सार्वजनिक पोखरीमा स्थानीय अमृत सदाकी ३० वर्षीया छोरी लक्षनकुमारीको डुबेर मृत्यु भएको छ। छारे रोगबाट पीडित रहेकी लक्षनकुमारी भाडा पखाल्न पोखरी गएकी बेला डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, तिलाठी कोइलाडी गाउँपालिका –२ लौनियाका भतो मंसुरीकी १२ वर्षीया छोरी सवाना खातुनको नहरमा डुबेर मृत्यु भएको छ। घर नजिकैको नहरमा कपडा धुने क्रममा डुबेर उनको मृत्यु भएको थियो।

प्रकाशित: ६ आश्विन २०७८ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App