coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जरबजस्ती करणीका घटनामा वृद्धि, बालिकाहरु असुरक्षित

जबरजस्ती करणीको घटनामा वृद्धि भएसंगै बालिकाहरुको सुरक्षामा चुनौती देखिएको छ। जिल्लामा केही वर्षयता जरबजस्ती करणी र यौनजन्य घटनाहरु वृद्धि भएपछि बालिकाहरुको सुरक्षा प्रहरीकालागि ठूलो सुरक्षा चुनौती बनेको हो।

गत आर्थिक वर्ष ०७७/०७८ मा करणी र उद्योग गरी ५१ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। त्यस मध्ये बलात्कारको घटना मध्ये १६ वर्षमुनिका बालिकाहरु धेरै परेका छन्। घटनामा १६ वर्षमुनीका २८ जना रहेका छन्।

यस्तै कुल घटनामा अबिवाहित ४३ जना पीडित छन्। ५ वटा घटना भने हाडनाता करणीको रहेको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए। एक घटना अप्राकृतिक मैथुनको घटना समेत रहेको छ। घटनाको अरोपमा गत आर्थिक वर्ष ५ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। आर्थिक वर्ष ०७६/०७७ मा जबरजस्ती करणी ३७ र करणी उद्योग १३ गरी कुल ५० तथा ०७५/०७६ मा जबरजस्ती करणी २५ र करणी उद्योग २३ गरी कुल ४८ मुद्दा दर्ता भएको प्रहरी निरीक्षक प्रमे रेग्मीले बताए। ‘  

बलात्कारको घटना बढेपछि बालिकाहरुको सुरक्षाको चुनौती बढेको छ’ उनले भने। यौनजन्य हिंसामा महिलाहरु आफ्नै घर परिवार, नातागोता, छिरछिमेक बाट नै पीडीत पछि बालिका र महिलाहरुको सुरक्षामा चुनौती देखिएको उनले बताए।  

'जिल्लामा मात्र होईन देशव्यापीरुपमा बलात्कारका घटना बढदै जानु चिन्ताको विषय हो, यस्तोमा उनीहरुलाई बचाउन धेरै चुनौती देखिएको छ’ प्रहरी उपरीक्षक दान बहादुर कार्कीले भने। घटनाहरुमा घर परिवार कै सदस्य, नजिकको आफन्त, छरछिमेकी साथी र चिनेजानेको व्यक्तिबाट नै पीडित रहेको पाईएको उनले जानकारी दिए। अधिकांश घटनामा डर त्रास, प्रलोभन, धम्की दिएर करणी गर्ने गरिएको घटनाको अध्ययनबाट देखिएका छ।

आधुनिक प्रविधिको गलत प्रयोग, यौनजन्य बिकृति, लागुऔषध लगायतका कारण गर्दा बलात्कार घटनाले भयावहरुप लिएको प्रहरी उपरीक्षक कार्कीले बताए। उता थुप्रै घटना गाँउ समाजमै मिलापत्र गर्ने चलन भएकाले प्रहरीलाई त्यस बारे जानकारी नै हुँदैन। ‘ गाउँदेखि शहरसम्म हुने घटनालाई समाज मै मिलाउने चलन ले गर्दा पीडकहरुको मनोबल बढेको छ, महिला अधिकारकर्मी पुष्पा रेग्मीले भनिन् ‘पीडीत महिलाका परिवारलाई आर्थिक प्रलोभन, दबाव र प्रभावमा पारिन्छ, केही रकम समेत दिईन्छ, अनी घटनालाई गुपचुप राखिन्छ।’  

बलात्कार मात्र होईन महिलामाथि हुने हरेक प्रकारको हिंसालाई मिलापत्र गर्ने गरिएकाले समेत घटनामा कमी आउन नसकेको उनको ठहर छ। ‘बलात्कार जस्तो जघन्य अपराधलाई बिचौलियाहरुले मिलापत्र गराएर कतिपयले कमाउने धन्दा समेत बनाएका छन्, यो दुःखको कुरा हो, यसलाई प्रहरीले पर्दाफास गर्न जुरुरी छ’ उनले भनिन्। प्रहरी उपरीक्षक कार्कीले मिलापत्रको नामा घटनालाई गाउँघर मै लुकाउन खोज्ने र ढिलागरी प्रहरीमा सुचना आउने गरेकोले पनि अनुसन्धानमा समस्या देखिएको बताए। ‘सकभर घटनालाई मिलापत्र गरेर दबाउन खोजिन्छ, नमिले पछि बल्ल प्रहरीमा जाहेरी पर्छ,’ उनले भन, जसले गर्दा घटनाको अनुसन्धान र कारबाही प्रकृयामा असर गर्छ।’  

घटनाको तत्कालै प्रहरीलाई जानकारी नहुँदा विभिन्न सबुत प्रमाण नष्ट भएकाले छानबिन गर्न गह्रो हुने गरेको बताउँदै उनले भने, ‘समय बितेपछि आएको घटनाको परीक्षण हुन गाह्रो हुन्छ। ’ घटनाको परीक्षणका लागि भौतिक तथा जनशक्ति नहुँदा समेत समस्या हुने गरेको उनले बताए। आर्थिक प्रलोभन, लोकलाजको डर देखाएर घटनालाई थामथुम पर्ने, साक्षीले अदालतमा उल्टो बयान दिने, प्रमाणको अभावले गर्दा पनि कतिपय घटनाको फितलो अनुसन्धान हुँदा पीडकहरुले उन्मिुक्ति पाउने गरेको उनी बताउँछन्। समाज बिरोधी अपराधलाई लुकाउनुको साटो प्रहरीलाई सहयोग गरी घटनाको न्युनीकरण गर्नु पर्ने उनी बताउँछन्। 

प्रकाशित: ४ आश्विन २०७८ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App