४ कार्तिक २०७८ बिहीबार
समाज

थप १ हजार ९५ जनामा काेराेना संक्रमण, ८ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना काेराेना भाइरसका संक्रमित थपिएका छन्। १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

यस्तै, २ हजार ९५७ जना संक्रमित निको भएका छन्। सोही क्रममा देशभर थप ८ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ४८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

प्रकाशित: ४ आश्विन २०७८ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App