७ वैशाख २०८१ शुक्रबार
समाज

बुटवलका मेयर शिव सुवेदीलाई ज्योतीनगरका पहिरो पीडितद्वारा हातपात

ज्यातीनगरमा पहिरोले फेरी ९ घर पुर्‍यो

क्याप्शन

बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीलाई बुटवल ज्योतीनगरका एकजना पहिरो पीडितले  हातपात गरेका छन्। आज बिहानैदेखि परेको झरीले बस्ती जोखीममा परे नपरेको भन्दै स्थलगत निरीक्षण गर्न पुगेका मेयरलाई स्थानीय एक व्यक्तिले आक्रोशमा आएर थप्पड हान्दै हातपात गरेका हुन्।

निरीक्षणकै क्रममा एकजना स्थानीय आक्रोसित हुँदै मेयरमाथि नै जाइलागेपछि प्रहरी र नगरप्रहरीले मेयर सुवेदीलाई जोगाएका थिए।  पहिरोल बिस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई उचित व्यवस्थापनमा ध्यान नदिएको र पानी पर्न थालेपछि बल्ल निरीक्षणको नाटक गरेको भन्दै ज्योतीनगरबासी मेयर सुवेदीसंग आक्रेशित भएको र सोही क्रममा घटना घटेको स्थानीयले बताएका छन्।

चुरेको पहिरोले  ज्योतीनगर क्षेत्रमा आज फेरी ९ वटा घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। करिब एक दर्जन घरहरु जोखीममा छन्। ९ वटा घरमा पहिरो पसेर क्षति पुर्याएपछि स्थानीयलाइ सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ।

यसअघि ज्योतीनगरमा गत भदौ १३ र १४ गते पनि ठुलो पहिरो गएको थियो। शिरमा रहेको चुरेबाट झरेको पहिरोले १० घर पुरीएका थिए। ५० घरहरु पहिरोको उच्च जोखीमा परेका थिए। आज बिहानैदेखि झरी परेपछि ज्योतीनगर–लक्ष्मीनगरमाथिको चुरेबाट फेरी पहिरो झर्न सुरु गरेको हो।

प्रकाशित: ४ आश्विन २०७८ ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App