८ वैशाख २०८१ शनिबार
समाज

कैदीबन्दीको कैद मिनाहा

२०६६ असार २६ मा यार्सागुम्बा संकलनमा आएका ७ गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी बन्दीको कैद मिनाहा गरिएको छ। संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो।

कर्तव्य ज्यान मुद्दाका पाँच जनाको कैद मिनाहा भएको जिल्ला कारागार मनाङका जेलर गणेश न्यौपानेले जानकारी दिए। उनका अनुसार तोकिएकोभन्दा आधा सजाय भुक्तान गरिसकेको कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिएबमोजिम कैद मिनाहा गरिएको हो।

कर्तव्य ज्यान मुद्दामा नार्पाभूमि गाउँपालिका (साविक नार गाविस)का सोनाम लामा, छो सोनाम लामा, कर्मा वांगेल लामा, नंगा धावा लामार ङिमा छवाङ लामालाई ७ वर्ष ९ महिना २४ दिन कैद भुक्तानका लागि सजाय तोकिएको थियो। मनाङमा जिल्लाभित्रका व्यक्तिले मात्रै यार्सा संकलन गर्ने गरेका थिए। 

सामूहिक हत्याको घटनापछि अन्य जिल्लाका व्यक्तिलाई यार्सागुम्बा संकलन गर्न पाउने व्यवस्था गरिएको छ। कारागारमा कैद भुक्तानका क्रममा उनीहरूको क्रियाकलाप सौहार्दपूर्ण भएकाले उनीहरूलाई कैदमुक्त गरिएको जनाइएको छ।

प्रकाशित: ४ आश्विन २०७८ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App