६ वैशाख २०८१ बिहीबार
समाज

सिद्धपोखरीमा गरियो दीपावली

भक्तपुरको सिद्धपोखरीमा आइतबार साँंझ दीपावली गरिएको छ। भक्तपुर नगरपालिका १ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँंझ दीपावली गर्ने गरिन्छ। स्थानीयको अगुवाईमा साँंझ त्यहाँं दीपावली गरिएको हो। पोखरीको चारैतिर तल र माथि गरी दुई तलमा लहरै दियो राखी दीपावली गरिएको छ। बताइए अनुसार त्यसका लागि झण्डै एक हजार तीन सय भन्दा वढी दियो आवश्यक हुन्छ। दीपावलीका लागि स्वय्मसेवकका रुपमा स्थानीय वडाबासी खटिएका थिए।

यसअघि खौमास्थित इन्द्रायणीको देवता पोखरीमा पुर्याइएको थियो। खौमामा रहेको इन्द्रयणीको देवतालाई खटमा राखेर बाजागाजाका साथ आधा भक्तपुर नगर परिक्रमा गराई पोखरीमा पुर्याइन्छ।

पोखरीमा पुर्याएको देवताको स्वागतार्थ दीप प्रज्ववलन गर्ने परम्परा छ। दीपावली हेर्न हजारौं भक्तपुरबासी पोखरी पुगेका थिए। सिद्धपोखरी जिल्लाकै सबैभन्दा ठूलो पोखरी हो। भक्तपुर नगरका सानाठूलो ३४ पोखरीहरु छन्। 

प्रकाशित: ३ आश्विन २०७८ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App