८ वैशाख २०८१ शनिबार
समाज

सामूहिक खाना खाएर मिल डे मनाइयो

नेपालमा शनिबार (१८ सेप्टेम्बर, २०२१) का दिन काठमाडाँको भूमि घरमा आत्मनिर्भर केन्द्रको आयोजनामा ‘दि मिल डे’ मनाइयो। कार्यक्रममा खाना र दिगो खेतीपातीबारे छलफल भएको थियो। खेतीपाती र खानपानसम्बन्धी असल संस्कृतिलाई प्रोत्साहन गर्न कार्यक्रम महत्वपूर्ण भएको सहभागीहरूले बताएका थिए। ‘दि मिल डे’ सन् १९९९ देखि हरेक सेप्टेम्बरको तेस्रो वा अन्तिम शनिबार विश्वभर मनाइँदै आएको एउटा विश्वव्यापी अभियान हो।  

यो अभियानमा मानिस जम्मा भई सामूहिकरूपमा अर्गानिक खाना खान्छन्। आफ्ना चासोका विषयमा छलफल गर्छन्। खाना खाएबापत आफ्नो इच्छाअनुरूप रकम सहयोग गर्छन्। यसरी उठेको रकम कुनै विपन्न व्यक्ति, समुदाय वा खास कामका लागि उपयोग गरिन्छ। कार्यक्रममा उठेको रकम धनुषास्थित धनौजी गाउँपालिकाअन्तर्गतको धनौजी गाउँका हरूवा/चरुवा परिवारका बालिकाको शिक्षामा उपयोग गरिने जानकारी त्यस अवसरमा दिइयो। धनौजी गाउँका हरूवा चरुवा भूमिहीनता र चरम गरिबीको दुष्चक्र बेहोरिरहेका छन्। 

प्राकृतिक स्रोतको दिगो उपयोग, स्वस्थ एवम् पौष्टिक खाना, कृषकको पहिचान र सम्मानको विषयमा वकालत गर्ने यो अभियान नेपालमा आत्मनिर्भर केन्द्रले विगत ५ वर्षदेखि आयोजना गर्दै आएको छ।

प्रकाशित: ३ आश्विन २०७८ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App