coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निर्माण नसकिँदै भत्काईँदै छ बरहवा पुल

पुलको ढलान कार्य सम्पन्न भएपछि बिचैमा चर्किएको राजमार्गको एउटा पुल भत्काउन थालिएको छ। रौतहटको जिल्ला सदरमुकाम गौरमा रहेको बरहवा तालमा निर्माणाधीन पुल चर्किएपछि भत्काउन सुरु गरिएको हो। नयाँ डिजाइन र प्रविधिको पुल हुने भनी गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर बसपार्क छेउमा निर्माण गरिन थालिएको पुलको ढलान कामै नलाग्ने गरी बिचैमा चर्किएपछि डिजाइन परिवर्तन गरेर पिलर र माथिको भाग बनाउन लागिएको हो।

प्रिस्टेट प्रविधिको पुलको लठ्ठा तन्काउन लाग्दा मुख्य भाग नै चर्किएपछि झण्डै एक वर्षदेखि अलपत्र रहेको पुलको डिजाइन परिवर्तन गरेर नयाँ किसिमले बनाउन भत्काउन लागिएको हो। गौर नगरपालिका ६ गढवामा बरहवा तालमाथि बन्दै गरेको पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला पुल बिचमै चर्किएको थियो। त्यसपछि डिजाइन बदलेर फेरि बनाउन लागिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर यादब कोइरालाले जानकारी दिए। डिजाइनकै कारण पुल बिचमा चर्किएको र अव पिलर थपेर पुन बनाउन लागिएको कोइरालाको भनाइ छ।

प्राविधिक कारणले पुल संचालनमा आउन नपाउँदै भत्काउनु परेको बताउँदै इन्जिनियर कोइरालाले भत्काउनु पर्ने भाग भत्काएपछि पुलको निर्माण पुनः सुरु हुने जनाए। चन्द्रनिगाहपुर र सदरमुकाम गौर जोड्ने बरहवा पुलको कन्काई इन्टरनेशनल बिल्डर्सले ५ करोड ६३ लाख ४ हजारमा टेण्डर सकार गरेको हो।

बिल्डर्सले अहिले लागत बढेकाले उक्त रकम नपुग्ने दाबी गरेको छ। पुलको लम्बाई ४०  मिटर छ। पुल निर्माणको सम्झौता २०७४ कात्तिक २८ गते भएको थियो। सोही वर्ष काम सुरु गरी ०७६ भदौ २७ मा पूरा गर्ने सम्झौता भएको थियो। निर्माणको सबै काम सकेर ठेकेदारले हस्तान्तरण गर्ने समय यही वर्ष तोकिएको थियो। अहिले पुल निर्माणको सम्झौता सकिएको छ।

पुल निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेपछि पुलको बिचमै चकिएपछि निर्माण कार्य ठप्प भएको थियो। विभागबाट डिजाइन रिभ्यु नभएपछि पुलको पुनः निर्माण हुन ढिला हुन गएको भयो। प्राविधिक काम सकिएर बल्ल सुरु गर्न पाएकोले निर्माणको लागि म्याद थप हुनुपर्ने ठेकेदारको माग रहेको छ। डिजाइन गलत भएको कारण पुल चर्किएकोले कम्तीमा एक वर्ष म्याद थप हुनुपर्ने ठेकेदार अरबिन्द जयसवालको भनाइ रहेको छ।

प्रकाशित: २ आश्विन २०७८ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App