८ वैशाख २०८१ शनिबार
समाज

सुनको लागि नातिले गरे हजुरआमाको हत्या, बारीमा गाडे शव

के थियाे घटना?

बझाङ दुर्गाथली गाउँपालिका वडा नं ५ मा ८५ वर्षीया वृद्धा हजुरआमाको उनकै नातिले बिभत्स हत्या गरेर बारीमा गाडेको फेला परेको छ। वडा नं ५ का वडा अध्यक्ष रामबहादुर जप्रेलका दुई घर छन्।

माथिल्लो घरमा वडाध्यक्ष र अन्य परिवार बस्थे। करिव १ सय मिटर तल रहेको अर्को घरमा उनकी वृद्ध आमा रिखिदेवी जप्रेल र उनका २३ वर्षीय छोरा शुभास बस्ने गरेका थिए। आफै खाना बनाएर खाने वृद्धा रिखिदेवी एक दुई दिन बिराएर माथिल्लो छोराको घरतिर आउने गर्थिन्। दुई/तीन दिनसम्म माथिल्लो घरमा आमा नआएपछि रामबहादुर तल्लो घरमा जाँदा आमालाई देखेनन्। घरभित्र रगतका छिटा देखे। घरको बारीमा खनेको जस्तो पनि देखेपछि भदौ ३० गते उनले प्रहरीलाई खबर गरे। 

भदौ ३१ गते त्याहाँ पुगेको प्रहरी टोलीले हत्या गरेर बारीमा गाडेको अवस्थामा रिखिदेवीकाे शव फेला पारेको बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। हजुरआमा सँगै बस्ने नाति शुभास त्यहाँ गाउँमा थिएनन्। प्रहरीले शुभासमाथि शंका गरे।

प्रहरीले मोवाईल लोकेशन हेरेर भाग्दै गरेका शुभासलाई वडा नं ७ लौवादेव डाँडाबाट समातेर सोधपुछ गर्याे। शुभासले सुनको लागि हजुरआमाको हँसिया प्रहार गरेर हत्या गरेको प्रहरीसमक्ष स्वीकारेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।  

घटना यस्तो थियो 

वडा अध्यक्ष रामबहादुर बस्ने भन्दा करिव १ सय मिटर तल रहेको घरमा ८५ वर्षीया रिखिदेवी र उनका नाति २३ वर्षीय शुभास सँगै बस्थे। वृद्धाको कान र नाकमा सुनको मुन्द्री थियो। शुभासको सुनको मुन्द्रीमा आँखा गडेको थियो। 

भदौ २७ गते बिहान करिव ९ बजेतिर हँसिया प्रहार गरेर हजुरआमाको बिभत्स हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन्। कानमा रहेका दुई र नाकको १ गरि ३ मुन्द्री निकाले। रगतले लतपतिएको लुगा शोचालयमा फाले। हजुरआमाको शव तेसै छोडेर उनी बजार गएर सुन बेचेर आएँ। घर फर्केपछि साँझ शव तान्दै घरबाट ३५, ३६ मिटर पूर्वतर्फ बारीमा खनेर गाडेको बयान दिएको प्रहरी उपरीक्षक खड्काले बताए। ७ दिन म्याद थप गरेर अनुसन्धान भैराखेको उनले बताए।

प्रकाशित: २ आश्विन २०७८ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App