८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको शुक्रबार राति मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट विराटनगर–११ का ६० वर्षीया रामलखन साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। शुक्रबार साँझ ६ बजेतिर विराटनगर–६ स्थित बि एफएम छेउमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ९१० नम्बरको मोटरसाइकलले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।  

दुर्घटनामा घाइते भएका साहको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा राति साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका साहलाई ठक्कर दिएको हो। ठक्करबाट उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। दुर्घटनापछि फरार भएका मोटरसाइकल चालक विराटनगर–६ का अन्दाजी ३० वर्षीय ओमप्रकाश कामतको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०७८ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App