coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्युतीय धरापमा पर्दा एकै परिवारका तीन जनाको मृत्यु

फाइल तस्बिर

जंगली जनावरको छेकवारका लागि राखेको विद्युतीय धरापमा पर्दा बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रका एकै परिवारको तीन जनाको शुक्रबार राति मृत्यु भएको छ।

बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी  श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजू ४३ वर्षकी बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ।

गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरू दुई जनालाई पनि करेन्ट लागेर ज्यान प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतकको पोस्टमार्टम बर्दिया जिल्ला अस्पतालमा भइरहेको छ। पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका जिल्ला प्रहरी कन्ट्रोल डिउटीमा रहेका प्रहरी जनाएका छन्।

प्रकाशित: २ आश्विन २०७८ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App