भक्तपुरको चाँगुनारायण नगरपालिकामा राम्रो छाप बनाउन सफल अधिकृत विजयकुमार शर्मालाई एक कार्यक्रमका बीच विदाइ गरिएको छ। २०७६ साल पुसमा नगरपालिकामा अधिकृतको रुपमा हाजिर भएका उनले आफ्नो कार्यकालमा योजना तथा कार्यक्रम, सहकारी, वन् वातावरण तथा सरसफाइ, पर्यटन तथा उद्यमशीलता विकास शाखाका प्रमुख भएर काम गरेका थिए।
करिब २० महिना चॉगुनारायण नगरपालिकामा बसेका उनले जनप्रतिनीधि र नगरबासीमा राम्रो छाप छोडेका थिए। उनको हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि उनको सम्मानमा नगरपालिकाले विदाइ कार्यक्रम राखेको थियो।
विदाइमा उनलाई नगर प्रमुख सोमप्रसाद मिश्र, नगर उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नगरपालिका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्कालगायतले मायाको चिनो प्रदान गरेका थिए। विदाइमा अधिकृत शर्माले चाँगुनारायण नगरपालिकामा आफूले बिताएका दिनहरु स्मरणीय रहेको बताउँदै चाँगुनारायणलाई सधैँ सम्झिरहने बताए।
प्रकाशित: १ आश्विन २०७८ १४:१५ शुक्रबार