१५ चैत्र २०८० बिहीबार
समाज

ट्राफिक प्रहरी पुरस्कृत

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारबाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षक सहित २४  ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान गरेको छ।  

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको प्रलोभनमा नपरि काम गर्ने ट्राफिकलाई सम्मान गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।  

आर्थिक प्रभोलनमा पार्न खोज्ने चालकहरुलाई कानुन अनुसार मुद्धा चलाईएको महाशाखा प्रमुख एसएसपी  भट्टराईले  जानकारी दिए । नगद पुरस्कृत तथा प्रशंसापत्र सहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठ सहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव  रहेका छन्।  

त्यस्तै  प्रहरी जवानहरु किसान चन्द्र गौतम, धनबिर जि.सी. ,सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला रहेका छन् । सम्मानित हुने अन्यमा प्रहरी नायब निरीक्षक मिलन कुमार सिंह, प्रहरी हवल्दार ईश्वर सिंह धामी, भिम बहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोष कुमार साह, रामजि साह लगायतका रहेका छन्।  

सम्मानित हुने सम्पुर्ण ट्राफिक प्रहरीलाई एसएसपी जनक भट्टराईले प्रशंसापत्र सहित खादा ओढाएर सम्मान गरेको  महाशाखाले जनाएको छ। 

प्रकाशित: १ आश्विन २०७८ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App