coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जंगली जनावरको त्रासले बेसार खेती फस्टाउँदै

किसानको उत्पादन गरेको बेसार हेर्दे नगर प्रमुख केसी सहितको टोली। तस्बिर: नागरिक

मधुवन नगरपालिका–१ कैलाशीका किसान नयाँराम सुनारले नगदेबालीको परम्परागत खेती छाडेको दुई वर्ष भयो। बर्दिया राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उनी नगदे बाली स्हार्ने बेलामा बर्सेनि धोका पाए। एक वर्ष भरी गरेको मेहनत फसल छिनभरमै जंगली जनावरले खाई दिन्थे। खेतीमा निर्भर परिवार विहान र साझको छाक टार्न समस्या थियो। 

यतिबेला सुनारको परिवार खुसी छ। रातीमा जंगलबाट खेतमा पसेका जनावर बेसारलाई नोक्सान नगरी फर्कन्छन् सुनारले सुनाए। उनी एक प्रतिनिधि पात्र हुन्। मधुवन नगरपालिका –१ कैलाशीमा बस्ने अधिकांश किसानको रोजाई बेसार खेती परेको अर्का किसान साबित्रि सुनारले बताईन।  

जंगली जनावरले नोक्सानी नर्गने बेसार खेती तर्फ किसान आर्कषित भएको नगर प्रमुख कृष्ण केसीले बताए। ‘मध्यवर्तीका किसान जंगलि जनावरका आक्रान्त बनेका छन् ’उनले भने, ‘नगदे बाली जंगली जनावरले खाई दिन्छ, यतिबेला बेसार खेतीमा आार्कषित भएका किसान नगरपालिकाले गरेको सहयोगले किसान आर्कषित भएका छन्। ’उनका अनुसार दलित महिला उत्थान संघ र नगरपालिकाको सहयोगमा समुहलाई बेसार कुट्ने मेशिन उपलब्ध गराउँदा किसानलाई थप सहयोग पुगेको छ। समुहमा हस्तान्तरण गरेको मेशिनले कुटेको आर्गनिक र सुद्धता रहेको बेसारमा बजारमा माग समेत बढेको केसी बताउँछन्।  

किसानलाई तालिम र बिउँ उपलब्ध गराउँदा किसान बेसार खेतीमा आर्कषण बढेको कार्यक्रम संयोजक विष्णु नेपालीले बताईन। ‘परियोजना अन्र्तगत कलस्ट बाटेर किसानलाई सहयोग पुराएका छौ, ’उनले भनिन्‘निकुन्जको मध्यवर्ती क्षेत्रमा जंगलि जनावबाट पिडित किसानको बेसार खेती रोजाईमा परेको छ। ’प्याकेजिङ,ब्रान्डिङ र बजारिकरण संघले सहयोग गरिहरको छ’उनले भनिन,‘समुहमा मेशिन  उपलब्ध गराएपछि बेशार तयारी अवस्थामा बजारमा पुगेको छ।’ 

एउटा भवनमा नगरपालिका र संघको ७ लाख अनुदानमा समूहमा बेशार कुट्ने मेशिन जडान गरिएको छ। बजारमा प्रति केजी तीन सयका दरले बेशार बिक्रि हुदा बेसार खेतीले किसानलाई आर्कषित गरिरहेको नेपालीले बताईन।सुर्यपटुवालाई पकेट क्षेत्रको रुपमा बिकास गर्न नगरपालिका र संघले सहयोग गरिरहेको छ। दलित महिला संघले जिल्लाको तीन वटा नगरपालिकामा धान बाली,केरा र बेसार खेतीका लागि तालिम र बिउँ दिएर सहयोग गरिरहेको परियोजना संयोजक नेपालीले बताईन।

दलित महिला उत्थान संघको परियोजना अनुगमन।  

दलित महिला उत्थान संघ द्धारा संचालित  तीन वटा नगरपालिकाका परियोजना बिहिबार अनुगमन गरिएको छ। सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा राजापुरमा धान बाली ,मधुवनमा र गुलरिया नगरपालिकामा बेसार खेतीको अनुगमन गरिएको हो। 

दलित महिला संघले संचालन गरेको परियोजना र नगरपालिका पहलमा कलस्टर अनुसार पकेट क्षेत्र निर्माणमा परियोजनाको लक्ष्य अनुरुपम सफल भईरहेको पाईएको छ। सरकारले राजापुर क्षेत्रलाई धानको सुपर जोन घोषणा गरसँगै दलित महिला उत्थान संघले बिउँ बिजन र तालिम दिँदा धान खेतीमा किसान आर्कषित भएको भिम्मापुरकि किसान लक्ष्मि थारुले बताईन। 

‘संघले उपलब्ध गराएको अनुदानको बिउँ र तालिम दिँदा विश्वस्त भएर धान खेती गरेको छौ’उनले भनिन्। धान,बेसार र केरा खेती अनुगमनमा मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण केसी,जिल्ला समन्वय समितका उपाध्यक्ष मान बहादुर विष्ट,गुलरिया ४ र ५ का वडा अध्यक्ष राम बहादुर रावल र साबित्रि गौतम लगायतको सहभागिता रहेको थियो। चैते धान समेत लगाएको राजापुरका किसानले बर्खे धान लगाएका छन्।संघले उपलब्ध गराएको अनुदान बिउ र तालिम लिएर दक्ष भएका किसानले १ हजार दुई सय कट्ठामा धान खेति गरेका छन्।

प्रकाशित: ३१ भाद्र २०७८ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App