coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महिलाले नदीमा हाम फालिन्

भेरी नदीमा हालफालेर एक महिला बेपत्ता भएकी छन्। बिहीबार भेरी पुलमुनिको शवहरु जलाउने ठाउँ नजिकैबाट महिला नदीमा हामफालेकी थिइन्। मलामी गएकाहरुले बचाउन खोज्दाखोज्दै उनी नदीमा हाल फालेकी थिइन्। उनले नदीमा हाफाल्नुअघि मोबाइल, बैंकको चेकलगायतका सामाग्रीहरु नदी किनारमा राखेकी थिइन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले नदी किनारमा महिलाले छोडेको एक बैंकको चेकमा अमला दमाई लेखिएको छ। यो चेक कालिकोटको बैंकले जारी गरेको छ। मलामी गएकी कर्णाली प्रदेशसभा सांसद पद्मा खड्काले बचाउने प्रयास गर्दागर्दै महिला नदीमा हामफालेको बताइन्।  

‘मेरोभन्दा तीन मिटरअघि रहेकी महिलाले भेरी नदीमा हालफाल्ने प्रयास गर्दा रोक्न खोजेका थियौं,’ उनले भनिन्, ‘रोक्ने प्रयास गर्दागर्दै महिला भेरीमा हेलिइन्।’ मलामी गएका चिन्तामणि शर्माले हेर्दाहेर्दै महिलाले नदीमा हामफालेको बताए। ‘दुई सय मिटर अघिसम्म महिला बग्दै गरेको देख्यौं,’ उनले भने, ‘भदौको उर्लदो भेलमा नदीमा गएर बचाउने हिम्मत गर्न सकेनौं।’ महिलाले भेरी नदीमा हालफालेको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको छ। 

प्रकाशित: ३१ भाद्र २०७८ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App