८ वैशाख २०८१ शनिबार
समाज

घाइतेको अवस्था बुझ्न प्रदेश अस्पताल पुगे मन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका उर्जा विकास तथा जलस्रोत मन्त्री दीनबन्धु श्रेष्ठले बुधबार भएको बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका छन्। सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी वीरेन्द्रनगरको रेडियो नेपाल चोक नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका १२ जनामध्ये अधिकांश जुम्लाका हुन्।

मन्त्री श्रेष्ठ बिहीबार घाइतेहरुको उपचार भइरहेको कर्णाली प्रदेश अस्पताल पुगेका थिए। उपचाररत ६ जनामध्ये छ महिने बालक आयुष परियार गम्भीर घाइते छन्। उनलाई आइसियूमा राखेर उपचार भइरहेको छ। मन्त्री श्रेष्ठले आफ्नो गृह जिल्लाका नागरिकहरु दुर्घटनामा परेर घाइते भएको खवर सुने लगत्तै अस्पताल पुगेको बताए।

‘घाइतेहरुको अवस्था बुझ्न र उपचारमा सहजीकरणमा सघाउ पुर्याउन अस्पताल पुगेको हुँ,’ मन्त्री श्रेष्ठले भने, ‘कर्णाली प्रदेश सरकारकातर्फबाट घाइतेहरुको प्रभावकारी उपचारका लागि अस्पताल प्रशासन र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको छु।’

मन्त्री श्रेष्ठले घाइतेका परिवारसँग पनि भेटघाट गरेका थिए। ‘बिरामीको उपचारका लागि सरकारले गर्नुपर्ने सबै सहयोग हुन्छ, अस्पताल प्रशासन र सम्बन्धित मन्त्रालयको पनि ध्यानाकर्षण गराएको छु,’ उनले बिरामीका आफन्तहरुलाई भने, ‘तपाईँहरु चिन्ता नलिनुहोला।’

प्रकाशित: ३१ भाद्र २०७८ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App