coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

छाउनीबाट एक युवक हतियारसहित पक्राउ

काठमाडौँको छाउनीमा एक युवक हतियारसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरीको विशेष ब्यूरोले बुधबार छाउनीबाट २४ वर्षीय सोनाम लामालाई पक्राउ गरेको जनाएको छ।

हतियारसहित पक्राउ परेका लामाबाट प्रहरीले मेड इन जर्मनी लेखिएको एक थान पिस्टोल, पाँच राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरेको जानकारी दिए। उनी यसअघि पनि हातहतियार तथा खरखनाजा मुद्धामा पक्राउ परेको प्रहरीले जनाउँदै सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०७८ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App