७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना महामारीले बालबालिकाको क्षमता विकासमा प्रत्यक्ष असर

कोराना महामारीका कारण बालबालिकालाई उच्च जोखिममा पारेको एक अध्ययनले देखएको छ। बालबालिकाको क्षेत्रमा काम गर्ने साझा संस्था कन्र्साेटियम नेपालको दुई महिनाको अध्ययनले नेपालमा महामारीले बालबालिकाको हुर्कने र क्षमता विकासमा प्रत्यक्ष रुपमा असर पारेको देखाएको हो। 

कन्र्सोटियमले ‘कोभिड–१९ र बालबालिकाः नेपाल सरकार र नागरिक समाजको भूमिका’ शीर्षकको अध्ययनले देशभर अनलाईन पढाईका लागि ७३ प्रतिशत बालबालिका अझै इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको निष्कर्ष निकालेको छ।  

अध्ययनका प्रमुख अनुसन्धानकर्ता दिपेश घिमिरेका अनुसार अस्पतालमा बालमैत्री क्वारेन्टिन  र आइसोलेशन केन्द्र नहुँदा कोरोना संक्रमित बालबालिकालाई प्रत्यक्ष असर पुगेको छ। तर कतिपय स्थानीय तहले बालमैत्री क्वारेन्टिन र आईसोलेशन केन्द्र बनाएका छन् भने ‘केही स्थानीय तहले बालमैत्री क्वारेन्टिन र आईसोलेशन केन्द्र बनाएका छन्। कोभिड–१९बाट अभिभावक गुमाएका गुमाएका र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई शिक्षासहितको खानपिनको सुरक्षाको व्यवस्था समेत गरेका छन्’, उनले भने।  

कोरोना संक्रमणबाट हालसम्म ६७ जना बालबालिकाको मृत्युको अध्ययनले जनाएको छ। त्यस्तै कोरोनाका २ सय बालबालिकाले आमा बुबा गुमाएका छन् भने १२ सय बालबालिकाले आमा वा बुबा गुमाएका छन्।त्यस्तै कोरोना संक्रमणकै कारण अहिलेसम्म १२ सय बालबालिकाको मृत्यु भएको छ।  त्यस्तै संस्था कन्र्साेटियम नेपालका अध्यक्ष किरण थापाले नेपाल सरकारले हालसम्म कोभिड–१९ बाट बालबालिकालाई सुरक्षित राख्नको लागि बालमैत्री उपचारको लागि आवश्यक मापदण्ड निर्माण नगरेको बताए। त्यस्तै विपन्न परिवारका बालबालिकालाई पौष्टिक आहारा पुर्याउने ठोष प्रणाली सरकारले नबनाएको उनले बताए।

कोराना भाइरसले निम्त्याएको महामारीका कारण विद्यालय बन्द भएपछि बालबालिका विद्यालय जानबाट बञ्चित भए। वैकल्पिक शिक्षा इन्टरनेटका पहुँच हुने र नहुने बीच ठूलो खाडल सिर्जना भयो।कोभिडका कारण अधिकाशं बालबालिकाले विद्यालय छाडेका छन्। यस्ता बालबालिकालाई पुनः विद्यालयमा फर्काउनका लागि तीनै तहका सकारले ठोष योजना बनाउनु आवश्यक छ’, अध्यक्ष थापाले भने। त्यस्तै संघीय सरकारले बालबालिकाको लागि छुट्याउने निर्णय गरेको २० प्रतिशत शैयाको बालमैत्री अस्पतालको मापदण्ड तय गरेर तत्काल कार्यन्वयन गर्न उनको भनाई छ।

प्रकाशित: ३० भाद्र २०७८ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App