coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ

बोक्सीको आरोपमा एक महिलाले परिवारका सदस्यबाट शारीरिक यातना भोग्‍नुपरेको छ । गत साता ३० वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जाहेरीका आधारमा काठमाडौंको स्वयम्भूबाट उनका पतिसहित चार जनालाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दका अनुसार अपराध आरोपमा पीडित महिलाका ३३ वर्षीय पति जितेन्द्र महर्जन, ४० वर्षीय ससुरा दीपेन्द्रकुमार थिङ, ५२ वर्षीय मामाससुरा दक्षनारायण महर्जन र ३३ वर्षीय जनार्दन पाण्डे पक्राउ परेका छन् । डिएसपी चन्दका अनुसार पीडित महिलाले भदौ २० मा अत्यधिक पेट दुखेपछि पतिलाई अस्पताल लैजान आग्रह गरेकी थिइन् ।  

तर पीडित महिलाका पति जितेन्द्रले अस्पताल लैजानुको सट्टा मामाको सहयोगमा स्वयम्भूस्थित धामीसमेत रहेका बुबा दीपेन्द्रकोमा झारफुक गर्न लगेका थिए । जोखाना हेरेपछि बुहारीमाथि दीपेन्द्रले बोक्सी चढेको भन्दै कुटपिट गरेका थिए । सो क्रममा मलमूत्र खुवाउनेसमेत प्रयास भएको पीडित महिलाले प्रहरीलाई बताएकी थिइन् ।  

भदौ २१ गते पीडित महिलाले माइती पक्षको सहयोगमा प्रहरीमा जाहेरी दिएको भोलिपल्ट सो अपराधमा संलग्न चारै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी चन्दले जानकारी दिएका थिए ।

प्रकाशित: ३० भाद्र २०७८ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App