coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुख्यमन्त्रीद्वारा भेन्टिलेटर हस्तान्तरण

केहीदिन अघि मात्रै चीनको ग्वान्जाओबाट प्राप्त भएको स्वास्थ्य सामाग्री मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित गिरिजाप्रसाद स्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरेका छन् । प्रदेश प्रमुखले उपचारकेन्द्रसँगै नेपाल भेन्टिलेटर सोसाईटीलाई समेत सहयोग गरेका हुन् ।  

प्रदेश सरकारको तर्फबाट दुवै संस्थालाई १–१ वटा भेन्टिलेटर हस्तान्तरण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोइसाटीलाई नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्रीले हस्तान्तरण गरेका हुन् । अस्पतालका प्रशासक प्रदीप पौडेल र डा.डोलेन्द्र आचार्य, सोसाइटीका सदस्य डा. सरोज पोखरेलले भेन्टिलेटर ग्रहण गरे ।  

मुख्यमन्त्री पोखरेलले चीनको प्रान्तीय सरकार र समन्वयकर्ता नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेलाई धन्यवाद दिए । दु्ई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन जनस्तरबाट भइरहने क्रियाकलापले सघाउ पु¥याउँदै आएको उनको भनाइ थियो ।  अध्यक्ष पालिखले पोखरासँग भगिनी सम्बन्ध गाँसेका चीनका विभिन्न प्रान्तले कोभिड र त्यसभन्दा पहिला पनि बारम्बार सहयोग गर्दै आएको बताए ।  

प्रकाशित: २२ भाद्र २०७८ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App