८ वैशाख २०८१ शनिबार
समाज

पूजाको विषयलाई लिएर झडप हुँदा काककोटमा महिला घाइते

डोल्पाको छार्काताङसोङ गाउँपालिका वडा नं ४ काककोटमा दुई समूहबीच झडप हुँदा एक महिला गम्भीर घाइते भएकी छिन्। गुम्बामा पूजाको विषयमा झडप हुँदा गम्भीर घाइते भएकी महिला जनप्रतिनिधिलाई हेलिकाेप्टरमा काठमाडाैं लगिएकाे छ।

गुम्बामा पूजा गर्ने क्रममा झडप हुँदा गाउँपालिका सदस्य पेमाछुजङु रोकाया घाइते भएकी हुन्।रोकायाको आँखामा गहिरो चोट लागेको छ। घाइते रोकायाको टाउँकोमा समेत चोट लागेकाले दुई ओटा टाँका समेत लगाइएको छ। 

गुम्बामा एक समूहले पहिला पूजा गरेको भन्दै अर्को समूह आक्रोषित भएर भिडन्त गर्न खोज्दा झडप भएको थियो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार टाउकोमा चोट लागेर गम्भीर घाइते पेमाछुजुङ रोकायालाई हेलिकाेप्टरमार्फत काठमाडौ लगिएको छ।

जिल्ला अस्पतालमा ल्याएर उपचार गराएपनि घाइतेको अवस्था गम्भीर देखिएपछि अस्पतालले काठमाडौं लान रिफर गरेको थियो। घाइते चार जनामध्ये एकको अवस्था गम्भीर भएपनि तीनको अवस्था सामान्य रहेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।

प्रकाशित: २० भाद्र २०७८ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App