८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले नौ दिनदेखि बाटो बन्द, किसानलाई सास्ती

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा पहिरो जाँदा विगत ९ दिन सडक अवरुद्ध भएको छ। मचेपुबाट खाप्राङ हुँदै चित्र बजार जाने सडक खण्डमा पहिरो जाँदा बाटो अवरुद्ध हुन पुगेको हो।  

९ दिनदेखि बाटो अवरुद्ध हुँदा समेत स्थानीय सरकारले चासो नदिएको स्थानीयवासीले दुखेसो पोखेका छन्।  

जिविकोपार्जनसँग प्रत्यक्ष जोडिएको चित्र बजार जाने एक मात्र बाटो अवरुद्ध हुँदा दैनिक कामकाजमा समस्या भएको स्थानीय मनोज अधिकारीले बताए।  

उनले भने, 'जनप्रतिनिधि सरकारी गाडी लिएर कार्यक्रम गर्दै हिँड्ने, जनताको हालत यस्तो छ। किसानको समस्या कस्ले सुन्छ?'  

पहिरोका कारण सडक बन्द भएपछि यहाँका किसान विगत आठ दिनदेखि पैदल हिँडेरै आफ्नो सामान बेच्न बाध्य छन्। सडक मर्मतमा स्थानीय जनप्रतितिधिहरुले चासो नदिँदा आठौं दिनसम्म पनि आफूहरुले दुःख पाइरहेको यहाँका किसानहरुले बताएका छन्

'पहिरोले सडक बन्द भएको छ, मेयरलाई के वास्तै छैन, मेयर राजनीतिक भेला गर्न व्यस्त छन्', स्थानीय मनोज अधिकारीले भने, 'सडक बन्द भएपछि किसानले आज आठौ दिनसम्म तीन घण्टाको बाटो हिँडेर चित्रे बजार पुर्‍याएर आफ्ना सामान बेच्नुपरेको छ।'

प्रकाशित: २० भाद्र २०७८ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App