७ वैशाख २०८१ शुक्रबार
समाज

बागलुङको भकुण्डेमा डुबेर बालकको मृत्यु, एक युवा मृत भेटिए

बागलुङको बागलुङ नगरपालिका-१० भकुण्डेमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। आइतबार भकुण्डेमा पानी संकलनका लागि निर्माण गरिएको पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ भने एक जना युवा मृत भेटिएका छन्। 

भकुण्डेका मनबहादुर बुढाथोकीका ८ वर्षका छोरा एसल बुढाठोलकी घरदेखि सय मिटर पर धौलेचार भन्ने स्थानमा पानी संकलनका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेपछि उपचार गर्न धौलागिरि अस्पता बागलुङमा ल्याइएको र उनलाई अस्पतालले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्त डिएसपी इकवाल हवारीले जानकारी दिए।

बिहान ११ बजे बजे पौडी खेल्दा डुबेका उनलाई दिउँसो सवा एक बजे अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए। भकुण्डेकै चमचा भन्ने स्थानमा बस्ने २८ वर्षीय सागर थापाको पनि शव भेटिएको छ। शुक्रबार राति १० बजेदेखि हराएका उनको शनिबार साँझ घर भन्दा पाँच सय मिटर पश्चितर्फ पहिरे खोलाको बीच भागमा मृत शव भेटिएको प्रहरीले जानकारी दिएको छ। 

घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रकाशित: २० भाद्र २०७८ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App