६ वैशाख २०८१ बिहीबार
समाज

विपन्न परिवारलाई खाद्यान्न सहयोग

विपन्न परिवारलाई एक वर्षको लागि खाद्यान्न सहयोग गरिएको छ। बेल्जियममा रहेका नेपालीहरुको संस्था हाम्रो सेवा समूहले सिगास गाउँपालिका–८ न्वादेउका हिरा दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेको हो। श्रीमानको मृत्युपछि हिरा र उनका तीन छोरीहरु गाउँमा मागेर गुजारा गर्ने भोक लाग्दा माटो खान्छन् भन्ने समाचार पढेपछि हाम्रो सेवा समूहमार्फत विदेशमा रहेका नेपालीहरुलेले संकलन गरेको रकमबाट एक वर्षको लागि चामल, दाल, नुन तेल र ओढने ओछ्याउने कपडा सहयोग गरिएको संयोजक हरिकृष्ण लभली श्रेष्ठले बताए। हाललाई चार महिनाको लागि खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए।

हिराका  छोरी ११ वर्षीया सविता, १० वर्षीया सुनीता र ६ वर्षीया रमिला विद्यालयसमेत जादैनन्। लत्ताकपडा सिलाएर गुजारा गर्ने उनको परिवार बुवाको मृत्युपछि समस्यामा परेको हो।  फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ। घरमा खाने अन्न छैन। जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने ओछ्याउने कपडा  नहुँदा उनीहरु समस्यामा परेका हुन्। दिउँसो घाम तापेर अनि राति आगो बालेर बस्ने गरेका छन्।

गाउँ डुलेर अन्न माग्दै गुजारा गर्ने समस्यामा परेको हिराको परिवारलाई एक वर्षको लागि खाद्यान्न सहयोग गरेपछि सहज भएको स्थानीय सुरेन्द्र साउदले बताए। लुगा सिलाएर अन्न मागेर परिवारको गुजारा गर्ने सालिभान दमाईको मृत्युपछि परिवारको बिचल्ली भएको हो। जग्गा जमिन केही छैन। आमाले गाउँगाउँ डुलेर मागेको अन्नले कहिलेकाही छाक टार्ने गरेका छन्।

उनीहरुको जग्गा जमिन केही पनि छैन। आमाले गाउँगाउँ डुलेर मागेको अन्नले कहिलेकाही छाक टार्ने गरेका छन्। लगाउने लुगा र राति ओढ्ने कपडा नहुँदा आगो बालेर निदाउने गरेको उनीहरु बताउँछन्। समस्यामा परेका विपन्न परिवारको लागि हाम्रो सेवा समूहले गरेको सहयोगले हिराको परिवारलाई ठूलो राहत भएको वडाध्यक्ष कर्णबहादुर ऐरले बताए। वडा कार्यालय समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको उनले जानकारी दिए।

प्रकाशित: २० भाद्र २०७८ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App