८ वैशाख २०८१ शनिबार
समाज

प्रशिक्षार्थीलाई प्रमाणपत्र

भक्तपुर जेसीज्को आयोजनामा भएको एकहप्ते उद्घोषण तथा प्रभावकारी सार्वजनिक भाषण तालिमको प्रमाणपत्र वितरण गरिएको छ। स्वप्नशील बचत तथा ऋण सहकारी संस्था लि.को सहयोगमा भएको तालिमका सहभागीहरुलाई भक्तपुर जेसीजका पूर्व अध्यक्ष एवं भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जेसिआई सिनेटर शिव मानन्धरले प्रमाणपत्र वितरण गरेका हुन्।

त्यस अवसरमा उनले भक्तपुर जेसीज्मार्फत आफ्नो नेतृत्त्व तथा व्यक्तित्व विकासको अवसर प्राप्त भई आजसम्मको उपलब्धि प्राप्त भएको प्रसङ्ग उठाए। कार्यक्रममा भक्तपुर जेसीज्का पूर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व कानूनी सल्लाहकार रामेश्वर भुजू, प्रशिक्षक एवं काठमाडौं लेडी जेसीजका पूर्व अध्यक्ष सजना नकर्मीले पनि भाषण कलाको महत्वबारे चर्चा गरे।

प्रकाशित: २० भाद्र २०७८ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App