७ वैशाख २०८१ शुक्रबार
समाज

डोल्पाको इतिहासमै पहिलो पटक बृहत सार्वजनिक सुनुवाई

जिल्लाको इतिहासमै पहिलो पटक जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। जिल्लास्थित संघ र प्रदेश मातहतका सरकारी कार्यालयहरुमा सुशासन जवाफदेहिता र पार्दर्शिताको लागि प्रशासन कार्यालयसमेतको सार्वजनिक सुनुवाई कार्यक्रम हुन थालेको हो।

जिल्ला प्रशासन कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघको सहजीकरणमा सरकारी कार्यालयहरुवाट प्रदान गरिने सेवासुविधा नागरिकले भोग्नु परेका पीडा संघ र प्रदेश सरकारवाट आएका विकासी योजना र खर्चेको बजेट लगायतका विषयमा सार्वजनिक सुनुवाई गरिन लागेको हो।  

सरकारले उपलब्ध गराउने हरेक सेवासुविधा र कार्यालय प्रतिको गुनासोका सम्बन्धमा सर्वसाधारण नागरिकले जानकारी लिन सकुन र कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहारका सम्बन्ध सजग बनाउने उदेश्यले बृहत सार्वजनिक कार्यक्रम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए।  

जिल्लामा नागरिकको बृद्दि विकासको लागि सरकारी कार्यालयबाट करोडौको बजेट तथा कार्यक्रम आइरहने तर योजना कहाँ कसरी र कति बजेटमा खर्च भयो भनेर सर्वसाधारणले सुचना माग्दा समेत नपाउने अवस्थाको अन्तय गर्न र नागरिक प्रति राष्ट्रसेवक कर्मचारीको जिम्मेवार भूमिकालाई थप जिम्मेवार बनाउन सार्वजनिक सुनुवाई गरिन थालेको  जिल्ला प्रशासनले जनाएको छ। भदौ २७ गते आम नागरिकको उपस्थितीमा जिल्ला समन्वय समितिको खुला प्राङ्गणमा कार्यक्रम गरिने भएको छ।

प्रकाशित: १८ भाद्र २०७८ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App