४ वैशाख २०८१ मंगलबार
समाज

मनकामना र गोरखकाली मन्दिर खोल्ने तयारी

गोरखाको प्रसिद्ध धार्मीकस्थल मनकामना र गोरखकाली मन्दिर खोल्ने तयारी भएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले पाँच महिनादेखि बन्द धार्मिक स्थल खुल्ला गर्ने निर्णय गरेको हो ।  

मनकामना मन्दिरमा कसरी पुजा ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा स्थानदीय जनप्रतिनिधी, क्षेत्र विकास समितिका पदाधिकारीसँग योजना माग गर्ने निर्णय भएको छ । ‘हामीले योजना माग गर्छौै र त्यसैको आधारमा निर्णय हुनेछ’ निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने । मनकामना मन्दिर र गोरखकालीसँगै खोल्ने निर्णय हुने उनले बताए ।  

स्थानीय व्यवसायीले दुवै धार्मिक स्थल खुला गर्न दबाव दिँदै आएका छन् । मन्दिर खोलेपछि मनकामना केबलकार पनि संचालन हुने र स्थानीयको दैनिकी सहज हुने उनीहरुले बताएका छन् । केबलकार र मन्दिर बन्द हुँदा बजार पनि सुनसान छ ।  

गोरखकाली मन्दिरमा भक्तजनको संख्या कम हुने हुँदा व्यवस्थापनमा समस्या नभएको उनले बताए । मनकामना मन्दिरमा भक्तजन धेरै हुने हुँदा ब्यवस्थापन, पुजा संञ्चालन बारे योजना बनाएर मन्दिर खोल्ने निर्णय गरिएको भण्डारीले बताए ।  दोस्रो लहरको कोरोना संक्रमण बढेपछि पाँच महिनायता मन्दिरमा नित्यपुजा बाहेक भक्तजनका लागि नियमित पुजापाठ बन्द गरिएको थियो । 

प्रकाशित: १७ भाद्र २०७८ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App