७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा एक किशोरीमाथि सामूहिक बलात्कार

रौतहटमा एक दलित किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। स्थानीय माधवनारायण नगरपालिका वडा नम्बर ५ दलित समुदायको १५ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेको घटना बाहिर आएको हो।  

घरबाट दाउरा टिप्न गाउँ नजिकैको आँपको बगैचामा गएको बेला माधवनारायण नपा ५ मिठुअवा टोलका तीन युवाहरुले मंगलबार अपरान्ह दलित किशोरीको मुख थुनेर पालैपालो बलात्कार गरेका थिए। किशोरीमाथि युवाहरुले जवरजस्ती करणी गरेर फरार भएपछि बलात्कार पछिको पीडा सहन गर्न नसक्दै रुँदै छट्पटिरहेको अवस्थामा उनका छिमेकीहरुले तत्कालै पिडितलाई उद्धार गरी उनको घरसम्म पुर्याएका थिए। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले पीडितको स्थानीय स्तरमा उपचार भइरहेको र किशोरीमाथि घटेको घटनाको अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न रहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

युवतीको बयानका आधारमा मंगलबार राति १२ बजेको समयमा १८ वर्षिय किसुनी सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। डिएसपी भण्डारीले पीडित किशोरीको बुधबार स्वास्थ्य परीक्षण गराइसकेको र नियन्त्रणमा लिएका सहनीलाई जिल्ला अदालत गौरमा ५ दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको बताउँदै घटनामा संलग्न अन्य फरार रहेका दुईजना युवकको खोजी कार्य तिव्ररुपमा भइरहेको डिएसपी भण्डारीले बताए। 

प्रकाशित: १७ भाद्र २०७८ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App