८ वैशाख २०८१ शनिबार
समाज

पुल सम्पन्न नहुँदा चार महिलाको मृत्यु: ठेकेदारलाई पक्राउ गर्न प्रशासनको निर्देशन

खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले त्यहाँ निर्माणाधीन पुलका ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। प्रहरीलाई पत्र लेखेर पुल निर्माणको जिम्मा पाएको एडभेन्चर जेभीका यज्ञ केसीलाई तत्काल नियन्त्रणमा लिन भनिएकाे छ। 

उक्त खोलामा अहिले पुल निर्माण भैरहेको छ। पुल निर्माण सम्पन्न नहुँदा उक्त खोलामा रहेको कचवे मै गाडीहरु सञ्चालन हुने गरेका छन्। बुधबार राति उक्त खोलामा आएको बाढीले कार बगाउँदा चार जनाको मृत्यु भएको छ। 

प्रशासनले पुन निर्माणका लागि तोकिएको अवधिमा काम सम्पन्न नभएका कारण बुधबारको घटना भएको जनाएको थियाे। छिटो काम गर्न ताकेता गरिएको भएपनि निर्माण कम्पनीले लापरवाही गरेको भन्दै प्रशासनले निर्माण कम्पनीका केसीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको हो।

प्रकाशित: १७ भाद्र २०७८ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App