८ वैशाख २०८१ शनिबार
समाज

प्रदेशका स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउने लक्ष्य: मन्त्री साम्सोहाङ

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्यकाल अवधिमा प्रदेशभरीका स्वास्थ्य संस्थाहरुलाइ मानव शंसाधन र पूर्वाधारले बलियो बनाउने लक्ष्य लिएको बताएका छन्। प्रदेशभरीका सबै अस्पतालमा न्यूनतम् सुबिधा पुर्‍याउने लक्ष्य र यसका लागि कार्यभार लिएकै दिनबाट ध्यान केन्द्रित गरेको उनले सुनाए। 

प्रदेश मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आइपुगेका साम्सोहाङलाइ ताप्लेजुङ अस्पताल विकास समितिले स्वागत गर्न आयोजित कार्यक्रममा साम्सोहाङले कम्तिमा दुर्गम र विकट जिल्लाका अस्पताललाइ १–१ थान एम्बुलेन्स र शवबाहनको उपलब्धता चाँडै हुने बताए। मन्त्री साम्सोहाङले कार्यभार लिएको पहिलो दिनमा प्रदेशभरीका दुर्गम र विकट जिल्लाका अस्पताललाइ १–१ थान एम्बुलेन्स र शवबाहनको व्यवस्था चाँडै गर्ने निर्णय गरेका थिए। ‘ताप्लेजुङबाट सरकारमा सामेल भएका मन्त्रीहरुको कार्यकाल धेरै लामो जान सकेको छैन’उनले आफ्नो कार्यकाल माथि पनि संशय जनाए। 

स्वागत गर्न आयोजित कार्यक्रममा ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अनिता वाइवा,स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेल,जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका निमित्त प्रमुख टेकनाथ अर्याल,ताप्लेजुङ अस्पतालका नर्सिङ निरीक्षक बिजया राइ,अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष रेशा लिम्बू,ल्याव टेक्निसियन दीपेन्द्र पौडेल र स्वास्थ्यकर्मी मनकुमारी कार्कीले मानव शंसाधन,पूर्वाधार,सेवा सुबिधा र बीमा बापतको रकम प्राप्ति सहितका बिषयमा मन्त्री साम्सोहाङलाइ अवगत गराएका थिए। 

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले सामाजिक विकास मन्त्री साम्सोहाङलाइ स्वागत गर्दै अस्पतालको स्तरोन्ती,भौतिक पूर्वाधार व्यवस्थापन सहितका बिषयमा जानकारी गराएका थिए। कार्यक्रममा प्रदेश सांसद होमकुमारी साँवा लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: १७ भाद्र २०७८ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App