coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक कार्यालयको सक्रियता

हिमाली जिल्ला डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला टा«फिक कार्यालयले सक्रियता देखाएको छ। ट्राफिक कार्यालयको स्थापना भएसँगै सवारी दुर्घटना न्यूनीकरणमा सक्रियता बढाएको हो। नेपाल सरकार मन्त्रिस्तरको निणर्यबाट २०७६ असोज ७ गते लागू हुने गरी डोल्पामा रहेको अस्थायी ट्राफिकलाई स्थायी कायम गरी जिल्ला ट्राफिकमा रुपान्तरण गरेको थियो। स्थायी ट्राफिकमा रुपान्तरण भएको दुई वर्षपछि मात्र ०७८ साउन १ गतेबाट टा«फिकले स्थायी कार्यालय स्थापना गरेर आफ्नो नियमित काम गर्दै आएको छ।  

यसअघि ०७५माघ २८ मा जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरी अस्थायी टा«फिक कार्यालय स्थापना भएको थियो। जिल्ला ट्राफिक कार्यालय डोल्पाका अनुसार १० जनाको दरबन्दी रहेको जिल्ला ट्राफिक कार्यालयमा हाल १ जना हवलदारसहित ४ जना जवान गरेर ५ जना कार्यरत छन्। जिल्ला ट्राफिक कार्यालयका निमित्त इन्चार्ज हवलदार डिलबहादुर साहुका अनुसार सवारी कारवाहीबाट ट्राफिक कार्यालय स्थापना भएदेखि आर्थिक वर्ष ०७८।०७९ को पहिलो महिनामा समेत गरेर १८ लाख ४३ हजार रुपैयाँ राजस्व उठेको छ।

आर्थिक वर्ष ०७५।०७६ मा २ सय १९ ओटा ०७६।०७७ मा ७ सय २४ ओटा ०७७।७८ मा ९ सय ६९ ओटा आर्थिक वर्ष ०७८।०७९ को पहिलो महिना साउनमा मात्र ७६ ओटा गरेर २ हजार १८ ओटा सवारी कारवाही गरिएको निमित्त इन्चार्ज साहुले बताए। यसैगरी ट्राफिक कार्यालय स्थापना भएदेखि हालसम्म जिल्लामा २२ ओटा सवारी दुर्घटना भएका छन्। विभिन्न समयमा भएका दुर्घटनामा परेर ४ पुरुष १ महिला र १ वालक गरेर ६ जनाको मृत्यु भएको छ। त्यसै गरी दुर्घटनामा ११ पुरुष ३ महिला घाइते भएको ट्राफिक कार्यालयको रेकर्डमा उल्लेख छ।

यसैगरी कागजपत्र नभएका ३ ओटा मोटरसाइकललाई नियन्त्रणमा लिएर ट्राफिक कार्यालयमा राखिएको पनि ट्राफिक इन्चार्ज साहुले जानकारी दिए। रुकुम जिल्ला र डोल्पाको सिमा क्षेत्र साङलेदेखि डोल्पाको सदरमुकाम दुनैसम्म ४५ किलोमिटर सडक खण्डमा हाल ७ ओटा कालो प्लेट र १४ ओटा रातो प्लेटका गरी २१ ओटा जीपहरु संचालनमा छन्। त्यसैगरी त्रिपुराकोट दुनैदेखि ५ र त्रिपुाकोट खदाङ्गसम्म १० ओटा गरेर १५ ओटा ट्रयाक्टर संचालनमा रहेका छन्।

प्रकाशित: १५ भाद्र २०७८ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App