७ वैशाख २०८१ शुक्रबार
समाज

७० वर्षदेखिको सारथी बाँसुरी

अवार्ड पाउँदै गर्दा लक्षमण नेपाली। तस्बिर: गोविन्द/नागरिक

लक्षमण नेपाली अहिले ७९ वर्षका भए। उनी ९ वर्षका हुँदा बाँसुरी बजाउन थाले। सदियौंदेखी चल्दै आएको बर्खे मेला अर्थात लाखे जात्रामा आफुलाई लक्षमणले आफुलाई समर्पण गरे। धन्नै एक महिना लामो बर्खे मेलामा ७० वर्षदेखी नछुटाई बाँसुरी बजाई रहे। यो बीचमा धेरै पुस्ताबीच उनी केन्द्रमै रहे।

विक्रम संवत २००१ माघ १६ गते नारायण नगरपालिका –१ गोलबजारमा जन्मिएका लक्षमण हरेक वर्ष लाग्ने धार्मीक तथा सांस्कृतिक पर्व लाखे जात्रामा दिनहुँ बाँसुरी बजाएर हिडे। जात्रा भर्न आएकाहरुलाई मनोरञ्जन दिए। मिठो बाँसुरीको आवाज दिए। जस्तो गितमा पनि मिठो धुन दिने लक्षमण अन्य बाजाहरु पनि उस्तै बजाउँछन्। कपडा सिलाउने कला मात्र हैन बाध्यवाधनको साधनहरु बाँसुरी, तम्मर, नाच्ने, गाउने कला पनि उत्तिकै प्राप्त गरेका थिए।  

उनी बाल्यअवस्था देखिनै बाँसुरी र तम्मर बजाउने अद्भुत कलाकै कारण हरेक बर्ष मनाउने बर्षे मेलामा उनी केन्द्रमै रहे। सोहि कलाकै कारण समुदायका अग्रज र अनुजहरुको रोजाईमा परिरहे। स्थानिय मौलिक लोक भाका मात्र हैन भजनहरु, आधुनिक र हिन्दी गीतहरु समेत बाँसुरीको धुनमा सबैैलाई लट्ठ पार्ने कला लक्षमणमा रहेको दैलेखकै पुरानो ज्वाला क्लवका अध्यक्ष विशाल सुनारले बताए। उनले मेला अवधिभर नाचे, नचाए कति हाँसे र कतिलाई रुवाए पनि।

शारिरिक परिश्रमले थाके पनि, बिश्वासले कहिल्यै थाकेनन्। कहिल्यै संकोच मानेनन्, कहिल्यै यो या त्यो चाहियो भनेनन्। मात्र आफ्नो बा को पुस्तादेखि नातिको पुस्तासम्मलाई आप्mनो बाँसुरीको धुनमा सवारी नचाए, त्रिताल नचाए, भोटेसेलो नचाए, झाम्रे नचाए, तिजको भाका नचाए, कृष्ण लिला नचाए र टाकटुके पनि नचाए। बाँसुरीको धुनमा लिप्त भएर नाच्नेहरुले कैयाैं पटक मास्टर (लक्षमण)को हातचुमे, गालाचुमे, ढोक गरे, काँधमा चढाए र माया पनि गरे। सामाजिक सांस्कृतिक रुपमा पछाडि पारिएको बर्ग समुदायको भएर पनि उनि कहिल्यै हिनतामा बाँच्नु परेन।  

७० वर्षदेखी कलासंस्कृती जर्गेना लागेका लक्षमण नेपालीलाई स्थानिय बर्षे मेला जस्तो साँस्कृतिक परम्परामा पुराउनुभएको अतुलनिय योगदानका सम्मान स्वरुप भदौं १४ गते नगद ११ हजार १ सय ११ रुपैयाँ सहित ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड २०७८’ प्रदान गरिएको छ।

प्रकाशित: १५ भाद्र २०७८ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App