७ वैशाख २०८१ शुक्रबार
समाज

डेढ महिनामा ३९० जना फरार प्रतिवादी पक्राउ

सुनसरीमा २५ वर्षदेखि यता विभिन्न आपराधिक घट्नामा संलग्न भएर फरार रहँदै आएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ। यही क्रममा डेढ महिनाको अवधिमा ३९० जना पक्राउ परि सकेका छन्।

यहाँ २५ वर्षयता विभिन्न आपराधिक घटनामा संलग्न भई कैद सजाय तोकेर फरार रहेका ३ हजार भन्दा बढी अहिले फरारको सुचीमा छन्। फरारको सुचीमा रहेकामध्ये साउनदेखि अहिलेसम्म ३९० जना पक्राउ परि सकेको र अरुलाई पनि धमाधाम पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले बताए। उनका अनुसार पक्राउ परेका सबैलाई  अदालतमा बुझाएको कैद सजायका लागि कारागार चलान गरिएको छ।  

पक्राउ परेकाबाट अहिले सम्ममा ८० वर्ष २ महिना २३ दिन कैद सजाय असुल उपर भएको छ। यस्तै, १४ लाख ७९ हजार ५ सय रुपैयाँ जरिवाना असुल भएको छ। पक्राउ पर्नेमा गर्भपतन, मानव वेचबिखन, सवारी ज्यान, लागु औषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टचार, गाली वेईज्जती लगायतका मुद्दाका प्रतिवादी छन्।  

प्रकाशित: १४ भाद्र २०७८ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App