coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कालिकोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिकादेखि लालिघाट बजार आउँदै गरेको जीप आम्तडा भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मानसरोवर रारा यातायातको क१ज २३ नम्वरको जीप दुर्घटना हुँदा सान्नीत्रिवेणी गाउँपालिका–१ का २२ वर्षका गाडी चालक विक्रम गिरीको मृत्यु भएको हो।  

दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल कालिकोट ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। यात्रुहरुको अवस्था गम्भीर रहेको स्थानीयहरुले जनाएका छन्। जीप उकालो चढ्दै गर्दा दुर्घटना भएको घाइतेहरु जनाएका छन्। जीप सडकदेखि ११ मिटर तल कर्णाली नदी किनारमा खसेको जनाइएको छ।

दुर्घटनाका घाइतेहरुको पूरा विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए। घाइतेहरुको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत् उद्धार गरी उपचारका लागि लैजाने तयारी भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले बताए।

प्रकाशित: १३ भाद्र २०७८ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App