१५ चैत्र २०८० बिहीबार
समाज

बुटवलको ज्योतीनगरमा पहिरो, एक दर्जन घरमा क्षति

नदि किनारका बस्तीमा तिनाउको कटान

बुटवलको ज्योतीनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ। चुरेको घेचाँमा रहेको बस्तीमा आज बिहानै ६ बजेतिर पहिरो गएको थियो। चुरे पहाडबाट खसेको पहिरोले स्थानीय मनमाया भाट क्षेत्रीको घरगोठ भत्कीएको छ। ११ घरमा क्षति भएको छ। चुरेबाट झरेको ढुगाँसहितको लेदो स्थानीयको घरभित्रै पसेको छ।

बिहान उज्यालो भएपछि पहिरो खसेकाले मानवीय क्षति हुन पाएन। पहिरो झर्न थालेपछि भागेर ज्यान जोगाउन सफल भएको मनमायाले बताईन्। पहिरोले क्षती भएका घरका सरसामान र जोखीम क्षेत्रका बासीन्दालाइ सुरक्षित स्थानमा सारीएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए। पहिरो झर्ने क्रम रोकीएको छैन। डिएसपी कुँवरले स्थानीयलाइ सतर्क गराइएको र उद्यारको लागी तयारी अवस्थामा रहेको बताए।  

पहिरोले गोलपार्क देखि लक्ष्मीनगर जाने रोडमा क्षति पर्याउँदा आवागमन अवरुद्ध भएको छ। बिजुलीको पोल पनि बगाईदिएको छ। ज्योतीनगरको सिरानमा रहेको चुरेबाट गत बर्षपनि सानो पहिरो खसेको थियो। त्यसअघि २०५५ साल भदौ २० गते सोही स्थानमा ठुलो पहिरो गएको थियो। पाँच दर्जन घरहरुमा क्षती भएको थियो। 

२३ वर्षअघि कै स्थानबाटै आइतबार फेरी पहिरो झरेको हो।  शनिबार रातिदेखि परेको अविरल वर्षाले तिनाउ नदिमा पानीको सतह बढदा नदि कटान सुरु भएको छ। तिनाउ किनारमा रहेका बुटवल र तिलोत्तमाका सकुम्बासी बस्तीमा कटान भइरहेको छ। बुटवलको बुद्धनगर,तिलोत्तमाको सिमानगर लगायतका नदि किनारका बस्तीमा तिनाउले कटान गरीरहेको छ। 

प्रकाशित: १३ भाद्र २०७८ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App