८ वैशाख २०८१ शनिबार
समाज

घर भत्किँदा बालिकाको मृत्यु

पहिराेले दर्जन बढी ठाउँमा अवरुद्ध

पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा घरले च्यापेर एक जना बालिकाको मृत्यु भएको छ। अबिरल वर्षाका कारण गए राति करिब साढे २ बजे आफ्नै कच्चि घरमा सुतीरहेको बेला घर भत्किदा १० वर्षीया नैना दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा पुरिएर उपचारको लागी युनाईटेड मिसन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ।  

यता, अबिरल वर्षाको कारण पहिरो जाँदा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अबरुद्ध भएको छ। राजमार्गको दर्जन बढी स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।  

सिद्धार्थ राजमार्ग अन्तरगत जोरधारा, सिद्दबाबा, सिसुवा, हिँउदेखोला, केराबारी, बर्तुङ, धैरेनी, सेरा, सितापहाडमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध रहेको छ। त्यस्तै तानसेन–रिडी सडक खण्ड अन्तरगत तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। अबिरल बर्षाका बाबजुत सडक खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाई छ।

प्रकाशित: १३ भाद्र २०७८ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App