७ कार्तिक २०७८ आइतबार
समाज

पहिराेमा परी बेपत्ता भएका तीनै जनाको शव फेला

पहिराेमा परी बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिराेमा परी बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताए।

शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिराेमा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो। पहिराेमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए।

हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र छ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिराेमा परी बेपत्ता भएका थिए। हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो।

प्रकाशित: १२ भाद्र २०७८ १९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App