coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गम्भीर अपराधमा कैद सजाय तोकिएका छ जना पक्राउ

सुनसरीमा विभिन्न समयमा जघन्य अपराधका मुद्दामा कैद सजाय तोकिएर फरार रहेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सवैलाई कैद सजायका लागि झुम्का कारागार चलान गरिएको छ।

प्रहरीले सुनसरी भोक्राहा नरसिंहका ४५ वर्षे बसन्त खत्वेले आफनै नातिनीलाई दस वर्षअघि हत्या गरेर गाडी फरार भएकोमा पक्राउ गरेको छ। खत्वेलाई सुनसरी जिल्ला अदालत ईनरुवाबाट २०७४ बैसाख २४ गते २० वर्ष कैद सजाय तोकिएको थियो। घटना भएदेखि फरार भएका उनलाई प्रहरीले लामो समयदेखि खोजीको सूचीमा राखेको थियो।  

यसैगरी, कर्तब्य ज्यान मुद्दामै २४ वर्षदेखि फरार सुनसरी दुहवी वडा नं. ४ का गुल्वा भन्ने गुलाम मियाँलाई पक्राउ गरेको छ। मियाले २०५४ सालमा छिमेकी रसु चौधरी र निजको आमालाई जग्गाको बिषयमा बाद बिवाद हुँदा बासँको भाटाले हानेर मृत्यु भएपछि फरार भएका थिए। जिल्ला अदालत ईनरुवाबाट उनलाई २०६० माघ २६ गतेको फैसलाअनुसार २० वर्ष कैद सजाय तोकिएको थियो।  

जघन्य प्रकृतिका अपराधमा संलग्न भएर फरार रहेका व्यक्ति पक्राउ पर्ने क्रममा अपहरण तथा शरीर बन्धकमा सुनसरीको साविक सत्तेरझोडाका हनिफ साफी मियाँलाई पक्राउ गरिएका छ। मियाँले सुनसरी इनरुवा वडा नं.३ का राजु ढकालको बुवा खिलनाथ ढकाललाई २०६५ सालमा सतेरझोडाको गहुँ खेतबाट अपहरण गरी लगेका थिए। जिल्ला अदालत इनरुवाबाट २०७१ साउन ८ गते भएको फैसलाअनुसार ११ वर्ष कैद र नगद एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो।

यस्तै, जवरजस्ती करणी मुद्दामा दुहवी वडा नं.१ का कलिम मियाँलाई पनि प्रहरीले पक्राउ गरेको छ। मियाँले २०७४ सालमा सोही ठाउँ बस्ने एक महिलालाई जवरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत इनरुवाबाट २०७५ असोज २१ गते ११ वर्ष कैद फैसला तोकिएको थियो।

एकपछि अर्को गम्भीर प्रकृतिका अपराधमा संलग्न भई अदालतबाट कैद सजाय तोकेर फरार भएकामध्ये डाका मुद्दामा सुनसरी हरिनगरका अब्दुल तैयव मियाँ पक्राउ परेका छन्। जिल्ला अदालतबाट २०६६ भदौ १४ गते उनलाई ६ वर्ष कैद र ७२ हजार ७५० नगद जरिवाना गर्ने फैसला गरेको थियो। डाका मुद्दामै सुनसरी हरिनगरकै सतार अनसारी मियाँ भन्ने इसराइल मियाँलाई पक्राउ गरी कैद सजायका लागि कारागार चलान गरिएको छ। २०६४ सालमा डकैत मुद्दा दर्ता भएपछि २०६६ भदौं १४ गते मियाँलाई अदालतले ६ वर्ष कैद सजाय र ७२ हजार ७५० रुपैयाँ जरिवाना तोकेको थियो।

प्रकाशित: ११ भाद्र २०७८ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App