coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुका एक दर्जन बस्ती डुबानमा

बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको एक दर्जन गाउँबस्ती डुबानमा परेका छन्। नगरपालिकाभित्र रहेका करिब ८ सय घरमाभित्र पानी छिरेको छ भने २० बढी पशु चौपायाको मृत्यु भएको छ। कतिपय घरमा विद्युत समेत अवरूद्ध भएकाे छ। 

बाणगंगा नगरपालिका १ ,४, ११ वडा र कपिलवस्तु नगरपालिकाकाे ११ वडाको बनगाई गाउँ डुबानमा परेका छन्।  पिपरा, बैरिया, सुपा देउराली मन्दिर, कालोनी, लखनपारा, झझौली, भवनी, गंगोलिया राजापानी, ओदारी,  झुगा, जितपुरका भुभाग डुबानमा परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। बाण्गांगाको ओदारी बजार र देउवापार, मैरी समेत डुबानमा परेको छ। वडा ८ को बोर्डगाउँ र बालापुरका केही डुबानमा परेकाे उनले बताए।  

बाढीले कोपवाका स्थानीय भीम बहादुरको नौ सय वटा चल्ला बगाएको प्रहरी निरिक्षक गुरुङले बताए। उता कपिलवस्तु नगरपालिका ११ स्थित बनगाई गाउँमा रहेको एक दर्जन घरमा क्षति पुगेको वडाध्यक्ष राम गोपाल यादवले बताए।  

उक्त  घरको पर्खालहरु भत्केर घरमा रहेका खाद्यान्न , लत्ताकपडाहरू पानीले भिजेर सबै काम नलाग्ने भएको उनले बताए। यस्तै बाढीले अरौराकोटमा बनाईएको कनकमुनी पार्कको पर्खालसमेत क्षति गरेको छ। डुबानमा परेपछि १५ जनालाई बिहीबार राती उद्धार समेत गरिएको प्रहरी निरीक्षक गुरुङले बताए। पिपराको कलौनिबाट ४ जना, वडा ३ गंगौलियाबाट ४ जना, झुगाबाट ५ जनालाई प्रहरीले उद्धार गरेको छ भने २ जनालाई सशस्त्र प्रहरिले उद्धार गरेको हो। अबिरल वर्षाले जिल्लामा सामान्य क्षति गरे पन ठूलो क्षति भने नभएको प्रजिअ चक्रपाणी पाण्डेयले बताए। 

प्रकाशित: ११ भाद्र २०७८ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App