८ वैशाख २०८१ शनिबार
समाज

अपराधमा संलग्नलाइ पक्राउ गर्ने कार्यमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता

ताप्लेजुङमा अपराधका घटनाका केहि बृद्धि भएपनि घटनामा संलग्नको पक्राउ गर्ने कार्यमा भने प्रहरीले उल्लेख्य सफलता हाँसिल गरेकाे छ। अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दायरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार समग्र अपराधका घटनाहरुको संख्यामा बर्षेनि केहि बृद्धि भएको देखिएको छ। जिल्ला प्रहरी कार्यालयले अपराधिक प्रकृतिका बिभिन्न १ सय १ वटा घटनालाइ आधार मानेर त्रिबर्षिय तालिका बनाएको छ । 

पछिल्ला तीन बर्षमा भएका घटनामा ४ सय ४४ जनाको संलग्नता देखिएकोमा ४ सय २९ जनालाइ पक्राउ गरिएको र २५ जना फरार रहेको प्रहरीको अभिलेखबाट देखिन्छ। जस अनुसार आर्थिक बर्ष २०७५।०७६ मा १ सय ६२ वटा घटना भएका छन्। सो मध्ये घटनामा संलग्न १ सय ४५ लाइ प्रहरीले पक्राउ गर्न सकेको छ। सो आवमा ८ जना फरार रहेका थिए। आव २०७६।०७७ मा १ सय ६३ वटा घटना भएका छन् । ९८ वटा घटनाको फस्र्यौट गर्दै प्रहरीले १ सय ४० जनालाइ पक्राउ गरेको छ। ७ जना फरार भए। आव २०७७।०७८ मा १ सय ७१ वटा घटना दर्ता भएकोमा ९० वटा फस्र्यौट भइ ८१ वटा घटना चालू आवका लागि जिम्मेवारी सरी आएको छ। 

यी घटनामा संलग्नमध्ये १ सय ४४ जनालाइ पक्राउ गरिएको छ भने १० जना फरार रहेका छन्। आत्महत्या, ज्यान सम्बन्धी,भवितव्य ज्यान, अभद्र व्यवहार र सार्वजनिक अपराधका घटनाको दर बार्षिक रुपमा बृद्धि हुँदै आएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार आव २०७५।०७६ मा १९ जनाले झुण्डिएर  र २ जनाले बिष सेवन गरी आत्महत्या गरेका थिए। आव २०७६।०७७ मा झुण्डि  आमहत्या गर्नेको संख्या २३ र बिष सेवन गरी आत्महत्या गर्नेको संख्या ३ पुग्यो। आव २०७७।०७८ मा २९ जनाले झुण्डिएर र २ जनाले बिष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। कर्तव्य ज्यान सम्बन्धमा आव ०७५।७६ मा ६ वटा,२०७६।०७७ मा ७ वटा र २०७७।०७८ मा ५ वटा घटना भएका छन्। आव २०७५।०७६ मा ११ वटा ज्यान मार्ने उद्योगका घटना भएकोमा २०७६।०७७ मा ७ वटा र २०७७।०७८ मा ६ वटा घटना भएका छन् ।

पछिल्ला तीन आर्थिक बर्षमा भएका कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा संलग्न ७१ जना मध्ये ६५ जना पक्राउ परेका छन् भने ६ जना फरार रहेको प्रहरीले अभिलेखबाट देखिन्छ। यस्तै आव २०७५।०७६ मा भवितव्य ज्यानका २४ र बेबारिसे ज्यानका ४ वटा घटना भएका छन्। आव २०७६।०७७ मा भवितव्य ज्यानका ४३ र आव २०७७।०७८ मा २५ वटा घटना भएका छन्। यस्तै आव २०७५।०७६ मा जबरजस्ती करणीका २० र जबरजस्ती करणी उद्योगका १३ वटा घटना भएका छन्। आव २०७६।०७७ मा जबरजस्ती करणीका १४ र जबरजस्ती करणी उद्योगका ५ तथा आव २०७७।०७८ मा जबरजस्ती करणीका २४ तथा जबरजस्ती करणी उद्योगका ४ वटा घटना भएका छन्। आव २०७५।७६ मा २६ वटा अभद्र व्यवहारका घटना भएकोमा यस्ता घटना आव २०७६।०७७ मा ३१ र २०७७।०७८ मा ३४ वटा भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रकाशित: २ भाद्र २०७८ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App