१५ चैत्र २०८० बिहीबार
समाज

३ हजार ४५१ नयाँ संक्रमित थपिए, ३५ को निधन

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

सो अवधिमा ३५ जनाको निधन भएको जनाउँदै मन्त्रालयले २ हजार ४ सय ५८ जना कोरोना संक्रमणमुक्त भएको पनि उल्लेख गरेको छ। सो अवधिमा कूल १५ हजार ६ सय ११ को नमूना परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार अहिले नेपालमा ३९ हजार ३ सय ७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: ३२ श्रावण २०७८ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App