१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरको छतबाट खसेर सेनाको हवल्दारको मृत्यु

तनहुँमा घरको छतबाट खस्दा १ जनाको मृत्यु भएको छ। गएराति घरको छतबाट खस्दा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । 

घरको छतबाट खसरे घाईते थापाको दमौली अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको डिएसपी युवराज तिमिल्सिनाले बताए।

थापा नेपाली सेनाका हवल्दार हुन्। उनी खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा कार्यरत थिए । १५ दिनका लागी विदामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान चलिरहेको जनाईएको छ।

प्रकाशित: ३२ श्रावण २०७८ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App