coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

म्याद नाघेका औषधि नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले नगरको दुधपाटीमा रहेको नौ वटा औषाधि पसलहरुको आइतबार अनुगमन गरी म्याद नाघेका औषधिहरु नष्ट गरिदिएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले मित्र हेल्थ केयर सेन्टर २०७६ सालदेखि नगरपालिकामा बिना दर्ता संचालन गरेको पाइएकोले तीन दिनभित्र दर्ता गर्न निर्देशन दियो भने म्याद नाघेको आक्वा सेभेन बोटलको पानी दुई कार्टुन र ९ वटा जफत गरी नष्ट गरियो । साथै पसलमा औषाधि विक्रेताको रुपमा रहेका रिया भुजू फार्मेसिष्ट पढीराखेको तर अनुमति प्रमाणपत्र नभएकोले फार्मेसिष्ट वा औषधि व्यवस्था विभागबाट ओरिन्टेशन पास गरेकोलेमात्र औषाधि विक्रिीवितरण गर्न पाउने निर्देशन दियो ।

बराही फर्मेसी पसल नविकरण गर्न र म्याद नाघेको औषधिको जनाउ दिने कम्युटर प्राणलीको व्यवस्था गर्नु पर्ने सुझाव दियोे । त्यस्तै संमृद्धि फार्मेसीमा फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट ओरिन्टेशन पास गरेकोले मात्र औषाधि विक्रीवितरण गर्न पाउने भएकोले पसलमा बस्नेहरुको अनुमति प्रमाणपत्र पसलमा राख्न र विलमा कारोबार गर्न निर्देशन दियो ।  

डोेलेश्वर फर्मेसी नविकरण गर्न, औषाधि विक्री गर्दा विल दिने व्यवस्था गर्नुपर्ने, पसलमा बस्ने औषाधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र भएको हुनुपर्ने, म्याद नाघेको औषधि ग्लिफाज–५ १ पाकेट र सेफोट १ वटा जफट गरी नष्ट गरियो । साथै म्याद नाघेको औषधिको जनाउ दिने कम्युटर प्राणलीको व्यवस्था गर्नुपर्ने सुझाव दियो ।  

रोज डेण्टल केयर प्रा.लि. २०६८ सालदेखि भक्तपुर नगरपालिकामा दर्ता विना सञ्चालन भएकोले तीन दिनभित्र दर्ता गर्न निर्देशन दियो । त्यस्तै अल्फा मेडिकल हल नविकरण गर्न, औषाधि विक्री गर्दा विल दिने व्यवस्था गर्नुपर्ने, पसलमा बस्ने औषाधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र भएको हुनुपर्ने, म्याद नाघेको औषधिको जनाउ दिने कम्युटर प्राणलीको व्यवस्था गर्नुपर्ने सुझाव दियो । प्राइम डेण्टल क्लिनिक सस्तोमा सेवा उपलब्ध गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दियो । त्यस्तै न्यातापोल फार्मेसी र दीप फर्मा नविकरण गर्न निर्देशन दियो ।  

अनुगमनमा अनुगमन समितिका सदस्य रोशनमैया सुवाल, भनपा श्यानिटेशका नगर निरीषक दिलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्र.स.नि. निरञ्जन थापा, उद्योग वाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना र जिल्ला स्थास्थ्य कार्यालय भक्तपुर र औषधि व्यवस्था विभागबाट पनि सहभागी थियो ।

प्रकाशित: ३१ श्रावण २०७८ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App