८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरको भेलुखेलबाट दसजना जुवाडे पक्राउ

भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेलस्थित सुजित देउलाले संचालन गरेको स्कुलनर्स पुल हाउसभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले दस जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्र.नि.वासु खरेलको कमाण्डमा प्रहरी टोली खटी गई पुलको वरीपरी उभिएर नगद धनमालको हारजित हुने गरी बाजी राखी पुल (जुवा) खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले जनाएको छ ।  

पक्राउ पर्नेहरुमा पुल हाउस संचालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ भेलुखेल बस्ने वर्ष २९ का सुजित देउला, भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ भेलुखेल बस्ने वर्ष ३६ का सरज देउला, सोही स्थान बस्नेहरु क्रमशः वर्ष ३६ को उत्तम देउला, वर्ष ३३ का सुनिल देउला, वर्ष ५६ का पुर्ण भगत, वर्ष ४८ को शंकर पोडे, वर्ष ४१ का बासुलाल पोडे, वर्ष २५ का विक्रम अवाल, भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ६ सूर्यविनायक बस्ने वर्ष २४ का धिरेन कुरुन्जु र काभ्रे बेथान चोक गाउपालिका वडा नं. ५ कामीडाँडा घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक न.पा. वडा नं. ८ आदर्श बस्ने वर्ष २९ का दिनेश लामा रहेका छन्।

उनीहरुका साथमा खेलमा प्रयोग भएको नेपाली रुपैयाँ विभिन्न दरका गरी जम्मा एक लाख उनानब्बे हजार आठ सय पचास बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । साथै, खेलेको ५२ पत्ती तास,  पुलको बल थान १६, स्टिक थान १, पुल चक थान १ र पुलको बल मिलाउने काठको त्रिभुज आकारको फ्रेम थान १ समेत बरामद गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए।  

पुल हाउस संचालक सुजित देउलाले पुल (जुवा) खेल्ने आवश्यक सामग्री र ठाउँ उपलब्ध गराई जुवा खेलाई सोको बहाल उठाई रहेको भन्नेसमेत अनुसन्धानको क्रममा खुलेको हुँदा सुजित देउलासहित १० जना र बरामद भएका सामानहरु महानरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको गिरीले जनाए। 

उनीहरुलाई शुक्रबार जुवा सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन भक्तपुरमा पेश गरी दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: २९ श्रावण २०७८ १५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App