१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलाले बगाउँदा युवकको मृत्यु

रोल्पामा खहरे खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ। मंगलबार बेलुका खहरेखोलाले बगाएका एक युवाको शव बुधवार बिहान प्युठानमा फेला परेको हो।  

रोल्पा प्रहरीका अनुसार लुङग्री गाउँपालिका ७ हार्जङका ३२ वर्षीय ओम प्रकाश पुनको मृत्यु भएको हो। जैमाकशलाबाट घर जान ४ बहिनी संगै हिडेका पुनलाई मंगलवार साझ दुर्गिवास खोलाले बगाएर बेपत्ता बनाएको थियो।  

घटना बारे बुधवार बिहान खबर पाएको प्रहरीले खोजी गर्दै जादा स्वर्गद्वारी नगरपालिका नगरपालिका ५, प्युठानको माडि खोलामा शव भेटिएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए।

प्रकाशित: २७ श्रावण २०७८ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App