८ वैशाख २०८१ शनिबार
समाज

सल्टियो नवदुर्गा द्योछें नकी विवाद

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला नाइके) बन्ने पालोको सम्वन्धमा भएको विवाद सल्टिएको छ। भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, नवदुर्गा जात्रा व्यवस्थापन समितिका पदाधिकारीहरु, वनमान समाज सेवा समितिका पदाधिकारीहरु, देवगणहरु तथा सरोकारावालाहरुको मंगलबार बसेको संयुक्त बैठकले समस्या सल्टाएको हो।

बैठकले औपचारिक निर्णयसमेत गरी भविष्यमा पनि समस्या नआओस् भनी दीर्घकालिन निर्णयसमेत गरेको छ। निर्णयअनुसार अबको नकीं बन्ने पालो विवादित दुईमध्येका इन्दिरा बनमालालाई नकीं बनाउने निर्णय गरिएको छ। त्यस अनुसार इन्दिराले पाटन उच्च अदालतमा गरेको मुद्धा फिर्ता लिन लगाउने निर्णय गरिएको छ। त्यसका लागि इन्दिराले मंगलबार नै दायर गरेको रिट फिर्ता लिन प्रक्रियासमेत सुरु गरिएको जनाइएको छ।

पक्ष–विपक्षका इन्दिरा बनमाला र हरिगोविन्द बनमाला दुवैजनाले मंगलबार नै उच्च अदालत पाटन पुगी मुद्धा फिर्ताका लागि निवेदन दिएको जनाइएको छ। विहानै सहमति भएपछि दुवै पक्षले मुद्धा फिर्ताका लागि निवेदन दिएको र त्यस अनुसार अदालतले निवेदन वदर गरिदिने जनाइएको छ।  

सहमतिअनुसार विवादितमध्येका अर्का हरिगोविन्द बनमालाको पालो अर्काेपटक हुने निर्णय गरिएको छ। त्यस अनुसार हरिगोविन्दको पालो अर्काे पाँंच वर्षमा आउनेछ। नवदुर्गाको नकींको पालो प्रत्येक वर्ष फेरवदल हुन्छ। तर एकपटक जुन टोलले पायो त्यही टोलका बनमालाले निरन्तर पाँंच वर्षसम्म पाइरहने भएकाले नकीं प्रत्येक वर्ष फेरिने भए पनि विवादित हरिगोविन्दको परिवाको नकींले ले भने अर्काे पाँंचौ वर्षमा मात्रै नकीं पालो पाउनेछन्।

इन्दिरा र हरिगोविन्दको नकींको टोल छुटाछुटै पर्दछ। यो पटक इन्दिराले पाएपछि अर्काे वर्ष इन्दिराकै टोलको बनमालाले पाँंच पटक अर्थात पाँंच वर्षसम्म पालो पाइरहनेछ। त्यसपछि मात्रै हरिगोविन्दको टोलको पालो आइ पहिलो पटक हरिगोविन्दको पालो आउने छ।  

द्योछेंमा साँंझ सरोकारवाला सवै पक्षलाई बोलाई विहान गरिएको निर्णय सुनाइएको थियो। द्योछें रहेको भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले द्योछेंमै सवैलाई बोलाएर निर्णय सुनाएका थिए। यसअघि पनि यस विवाद समाधानका लागि द्योछें रहेको भक्तपुर नगरपालिका वडा नं ९, जिल्ला प्रशासन कार्यालयलगायतका ठाउँंठाउँंमा पनि पटक पटक छलफल भएको थियो। 

प्रकाशित: २६ श्रावण २०७८ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App