१६ चैत्र २०८० शुक्रबार
समाज

श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

धादिङमा श्रीमतीको हत्या गरेर एक पुरुषले आत्महत्या गरेका छन्। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ हुरेमा ४५ वर्षीय तीर्थबहादुर विकले ४२ वर्षीया श्रीमती भीममाया विकको हत्या गरी आत्महत्या गरेका हुन्। उनले रुखमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले बताए।

श्रीमान श्रीमती दुबै जना सोमबार विहान करिब ११ बजे खेतमा काम गर्न जान निस्किएका थिए। घरबाट करिब ७ सय मिटर पर पुगेपछि कोदालोले हानेर श्रीमतीको हत्या गरी श्रीमान पनि त्यही ठाउँमा झुण्डिएको डिएसपी खड्काले बताए।

‘श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका तीर्थबहादुरको साथमा सुसाइट नोट पनि भेटिएको छ, घटनास्थल पुगेर फर्किएका डिएसपी खड्काले भने, ‘सुसाइट नोट हेर्दा श्रीमान श्रीमतीबीचको आपसी झगडाले नै घटना भएको बुझिन्छ।’ 

प्रारम्भिक अनुसन्धान र सुसाइट नोट हेर्दा श्रीमानले पूर्व प्लान बनाएर नै घटना गराएको प्रष्ट देखिएको उनले बताए।

उनीहरुबीच यस अघिदेखि नै आपसी विवाद हुँदै आएको आफन्तहरुले बताएका छन्। घटना भएको दिन विहान पनि श्रीमान श्रीमतीबीच विवाद भएको थियो। ‘विवाद भएको केही घण्टापछि खेतमा काम गर्न जाउँ भन्दै श्रीमतीलाई अघि लगाएर घरबाट निस्किएका तीर्थबहादुरले पछाडीबाट कोदालाको पासोले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ। 

तीर्थबहादुरले यसअघि पनि विष खाएर आत्महत्याको प्रयास गरेका थिए। तीर्थबहादुर र भीममायाका ४ छोरा छन्।

दुवै शव पोष्ठमार्टमको महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको छ। प्राथमिक स्वास्थ्य चौकी गजुरीमा टाउको खोल्ने औजार नभएपछि प्रहरीले पोष्टमार्टमको लागि शव काठमाडौ पठाएको हो।

प्रकाशित: १९ श्रावण २०७८ १३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App