coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लगातारको वर्षाले ग्रामीण सडक अवरुद्ध

फाइल तस्बिर

अविरल वर्षाका कारण जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेको छ । जिल्लामा स्थानीय तह अन्र्तगतका वडा कार्यालयहरुलार्ई जोड्ने ग्रामीण सडकहरु वर्षाले भत्किदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

ग्रामीण सडकमा ठाँउठाँउमा पहिरो खसेको छ भने कतै सडकको निसानानै नरहनेगरि भत्किएपछि अहिले जिल्लाका अधिकांश गामीण सडक अवरुद्ध भएका छन् । अविरल वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट तीनपाटन गाँउपालिकाको केन्द्र जाने चकमके सडक, गोलन्जोर गाँउपालिकाको खनियाखर्क–कमारेभन्ज्याङ सडक, बीपी राजमार्गको सोलाभन्ज्याङ–नागी मझुवा  सडक, विपी राजमार्गकै पिपलभन्ज्याङबाट घ्यालेख गाँउपालिका जोड्ने सडक भत्किएर यात्रा कष्ठकर भएको स्थानीय बताउछन् ।  

बागमती प्रदेश सरकारको ३५ लाख रुपैयामा स्तरउन्नती हुदै गरेको सिन्धुलीमाढी–चकमके सडक अन्तर्गत सदरमुकामको माझीटारदेखि जिर्घाखोलासम्म १२ किलोमिटर सडक निकै कष्टकर बनेको छ । स्थानीय शिक्षक जनार्दन कोईरालाका अनुसार ‘माझीटारदेखि नै जिर्घासम्मको सडक ठाँउ ठाँउमा पहिरो खस्नुका साथै हिलाम्मे भएको छ । यस्तै विपी राजमार्गको सोलाभन्ज्याङ, नागी मझुवा सडकखण्डमा पनि ठाँउ ठाँउमा पहिरो खसेको छ । स्तरउन्नतीकै काम भइरहेको यस सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा यातायातनै अवरुद्ध भएपछि समस्या भएको स्थानीय नबराज गोलले बताए । ‘सडकमा पहिरो खसेको छ । मुस्किलले सवारी साधन प्रवेश  गर्ने बनाएका छौं’, उनले भने ।  

विपी राजमार्गकै  खनियाखर्कदेखि कमारेभन्ज्याङ जोड्ने ग्रामीण सडकको अवस्था पनि उस्तै रहेको स्थानीयको गुनासो छ । गोलन्जोर गाँउपालिका–५ हिर्दिङ निवासी विवश थापाका अनुसार उक्त सडक अन्तर्गत पनि बागमती प्रदेश सरकारको सहयोगमा गत बर्षदेखि चार किलोमिटर कालो पत्रे सुरु भई डेढ किलोमिटर काम सकिएको थियो । तर गुणस्तरहिन काम भएकाले धेरैजसो कालोपत्रे भत्किएको उनले बताए ।  ग्रामीण सडक वर्षाले भत्किएसँगै दैनिक ग्रामीण  सडकमा सञ्चालन हुँदै आएका यातायात सञ्चालन गर्न निकै कठिनाई भएको यातायात व्यवसायीको गुनासो छ ।  

प्रकाशित: १८ श्रावण २०७८ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App