६ वैशाख २०८१ बिहीबार
समाज

बागलुङमा यात्रुबाहक बस दुर्घटना, ११ जना घाइते

जिल्लाको गलकोट नगरपालिका-१ दुदिलाभाटीको चौराहमा बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन्। सोमबार बिहान सवा ७ बजेको समयमा काठमाडौंबाट बुर्तिबाङ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको रात्रीबस ब्रेक फेल भई दुर्घटना भएको हो। 

मध्यपहाडी लोकमार्गका कुनामा बसले ठक्कर खाँदा चालक सहित सवार २२ जनामध्ये ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी ईकवाल हवारीले जानकारी दिए। दुर्घटनामा परी घाईते हुनेहरुमा गुल्मी मुसिकोट नगरपालिका ९ बार्सीकोटका २७ वर्षीय को गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिकाका ४२ वर्षकी पवित्रा खत्री, गलकोट नगरपालिका३ गणेशचोककी ७३ वर्षका हरीलाल खत्री, नवलपारासी सुनौल नगरपालिका-३ का ४७ वर्षीया तारा पुन, गुल्मी मुसीकोट नगरपालिका-का ३३ वर्षका राजकुमार कुँवर, सोही स्थानाकी ३० वर्षकी तारा थापा, बागलुङ बडिगाड गाउापालिका-२ का  १७ वर्षका विष्णु थापा, भारत घर भई गुल्मी बस्ने १९ वर्षका अनिल कुँवर, दिलदिप साहनी, बडिगाड गाउँपालिका-६ का ३९ वर्षीय टेकबहादुर राना, भारत घर भई गुल्मी बस्ने २५ वर्षका जिलाजित शर्मा घाईते भएका छन्।  

घाईतेहरुको अवस्था सामान्य रहेको उनीहरुलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङमा ल्याईएको प्रहरीले जनाएको छ। अन्य ११ जना यात्रु सकुसल रहेका छन्। चालक गलकोट नगरपालिका-१ काफलठुटाका ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १८ श्रावण २०७८ ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App