८ वैशाख २०८१ शनिबार
समाज

सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा वृद्धको मृत्यु

कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । टीकापुर नगरपालिका –८ का ७६ वर्षका नरबहादुर साउँदको मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले जानकारी दिए ।  

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका वृद्ध साउँद एक्कासी बिरामी परेका थिए । उनी स्वास्थ्य अवस्था असहज भएपछि वडा कार्यालय हाता भित्रै रहेको चौतारामा सुतेका थिए । उनलाई उपचारका लागि स्वास्थ्य केन्द्र पुर्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले बताए ।

वडाध्यक्ष ठकुल्लाका अनुसार उनी केही समयदेखि बिरामी थिए । उनलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताईएको छ ।  

मृतक वृद्धले सामाजिक सुरक्षा भत्ता समेत बुझ्न पाएनन् । वडाध्यक्ष ठकुल्लाले बैंकमा लामो समय कुर्नुपर्ने भएपछि सामाजिक सुरक्षा भत्ता वितरण सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयबाटै सुरु गरेको जानकारी दिए ।

प्रकाशित: १६ श्रावण २०७८ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App